धरान/ सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि धरान १८ रत्नचौक निवासी हाल युके वस्ने ध्यानवहादुर राईको परिवारले दुई लाख ११ हजार रुपैया सहयोग प्रदान गरेको छ ।

सहयोग रकम शुक्रवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईको कार्यकक्षमा धरान १८ न. वडाध्यक्ष प्रविण राईद्वारा सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका उपाध्यक्ष राजेन्द्र राई र कोषाध्यक्ष दत्त लिम्वुको हातमा हस्तान्तरण गरेका थिए ।

सुम्निमा पारुहाङ प्रतिष्ठान, नेपाल सुम्निमा पारुहाङ निर्माणका लागि गठन गरिएको संस्था हो ।

वडाध्यक्ष राई सहयोगी ध्यानवहादुर राईका छोरा हुन ।

सहयोग रकम वडाध्यक्ष राईका वुवा हाल युके वस्नु हुने ध्यानवहादुर राई, उनको श्रीमती पत्थरकुमारी राई, जेठा दाजु काजि राई र हाल हङकङ वस्नुहुने कान्छि वहिनी शान्ता राईद्वारा पठाएका हुन ।

हाम्रो परिवारवाट मेयर हर्क साम्पाङको विभिन्न अभियानमा गरि करिव ७ लाख रुपैया सहयोग गरिसकेको राईले जानकारी गराए ।

आफ्नो परिवारले केहि समयमा नै आफ्नो वाजे प्रतिध्वज राई र वोजु विर्जमाया राईको नाममा धरान उपमहानगरपालिकालाई एम्वुलेन्स समेत सहयोग गर्न लागेको जनाए ।

धरान उपमहानगरपालिकाका विपन्न र असहाय जनसमुदायहरुको लागि एम्वुलेन्स सहयोग गर्न लागेको वडाध्यक्ष राईले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मेयर हर्क साम्पाङ, समाजसेवी शिव वान्तावा राई, २० न. वडाध्यक्ष पदम लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

सुम्निमा पारुहाङको प्रतिमा धरान २० स्थित चिन्डे डाडामा जनसमुदायवाट सहयोग संकलन गरि निर्माण गर्न लागेका हुन ।