धरान/ धरानमा सदियौदेखिको धार्मिक तथा जातीय सद्भाव कायम रहेको सन्देश दिने उद्देश्यले सबै एकै ठाउँमा उभिएर होलिपर्व मनाइको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको होलि पर्वमा राजनीतिक पार्टीका स्थानीय नेता, प्रदेश साँसद, स्थानीय जनप्रतिनिधि लगायतलाई जमघट गराई एक अर्कामा रंग दलेर  होलि पर्व मनाइएको हो ।1711372759844

धरानमा जातीय तथा धार्मिक सद्भाव भड्किएको अनर्गल प्रचार भइरहदा विभिन्न जातजाति,

धर्म तथा संस्कृति मान्नेहरु बसोबास गर्ने धरानमा अहिले पनि सद्भाव कायमै रहेको छ भन्ने सन्देश प्रवाह गर्न महासंघ सुनसरीले सबैलाई एकै ठाउमा भेला गराएर होलि पर्व मनाएको हो ।

महासघकै कार्यालयमा आयोजित होल मिलन कार्यक्रममा सहभागी राजनीतिक दलका कार्यकर्ता,

प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिहरुले सदियौदेखिको सद्भाव नखल्बिलएको बरु होली पर्वले झन मजबुत बन्दै गएको बताएका थिए ।

कोशी प्रदेशका सांसद रमेश बस्नेतले आपसी सद्भावको पर्व होली अन्य स्थानमा भन्दा धरानमा पृथकढंगबाट मनाइएको बताउदै सदियौदेखिको धरानमा रहेको सद्भाव अझै पनि कायमै रहेको बरु अझ प्रगाढ रहेको बताए ।

उनलेसद्भावको पर्व होलीले आपसी सद्भाव बढाउदै समाजमा रहेका विसंगति कुरुति हटाउदै समाजमा धार्मिक, साँस्कृतिक सद्भाव कायम गर्दै मिलमिलापको पर्वको रुपमा लिन सबैलाई आग्रह गरे ।

यस्तै प्रदेश साँसद यसोदा कायस्थले  रंगको होली पर्वले समाजमा सधै सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी थिइन् भने सबै जातजाति बसोबास भएको धरान अरु स्थानभन्दा फरक ढंगले चिनिएको बताउदै यस्ता साँस्कृतिक पर्वले यसलाई अझ प्रगाढ गर्दै लानुपर्नेमा सांसद विजय राईले जोड थिए । 

राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले विविधातामा एकता भएको धरानको सद्भाव खल्बलिन नदिन पार्टी सदैव गम्भीर भएर लागेको बताए ।

आयोजक नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सबैलाई एकै ठाउँमा उभ्याएर होलि पर्व मनाउनुको उद्देश्य पनि जातीय,

धार्मिक तथा साँस्कृतिक सद्भावलाई बलियो बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न नै भएको बताउदै हामीबीच कुनै प्रकारको तुष बाँकी भएपनि आजैबाट समाप्त भएको महसुस गर्न होलि पर्व सबैलाई एकै ठाउामा राखेर मनाइएको बताएका थिए ।

धरानमा केही समय अगाडिदेखि जातीय,received_934295028101836received_356633416704878received_446942477776480

धार्मिक तथा साँस्कृतिक सद्भाव खल्बलिएको सन्देश बाहिरबाट अनर्गल प्रचार भइरहेको बेला वास्तविकता त्यस्तो नभई विविधतामा एकता भएको सहर धरान हो र सदियौदेखि सद्भाव कायमै रहेको र भविष्यमा पनि कायम रहनेछ भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने हेतुले सामुहिक होली पर्व मनाइएको थियो ।20240325_143721 1

वास्तवमै भन्दा महासंघ सुनसरीले आयोजना गरेको होली पर्वले सकारात्मक सन्देश प्रवाह गरेको उपस्थित सबैले महसुस गरेका थिए ।