धरान/  शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’  आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो ।

आज धरानमा पत्रकार स‍‌म्मेलनमा निर्देशनक  बस्नेतले जानकारी दिएका थिए। 

फिल्मका कलकार  जय किसन बस्नेतले भने  पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन्।

रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको छ ।

फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन्।

फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् ।badri-bahadur

फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ।

फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

 बस्नेतका अनुसार एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु फिल्मको यही गीतमा मात्र देखिनेछन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समिर मियाँ सम्पादन छ ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, कोशी प्रदेशका बिभिन्न स्थानमा र संखुवासभामा बिशेस छायांकन गरिएको बताए।