धरान/ स्वतन्त्रबाट जितेर आउनु भएका मेयर हर्क साम्पाङले फुस्रे छेउमा रहेको सर्दु खोलामा श्रमसंस्कृति पार्क, आरा धरान तथा रोज गार्डेन निर्माण गरेसँगै आन्तरिक तथा वाहय पर्यटक दृश्यावलोकनका लागि आउन थालेका छन् ।

पछिल्लो समय स्वतन्त्र दिदी वहिनी समूहले आफ्नै लगानीमा ‘रोज गार्डेन’ निर्माण गरिदिएपछि हेर्न आउनेको घुइँचो अत्याधिक बढ्न थालेको छ । अहिले त्यो गार्डेनको नाम ‘एसडिवी रोज गार्डेन’ राखिएको छ ।

खोल्साखोल्सी हेर्दै उराठलाग्दो ठाउँ लोभलाग्दो भएपछि अहिले पर्यटक तान्ने आकर्षक केन्द्र बनेको छ ।

पहिला आउँदा बगरै बगर भएको ठाउँ अहिले स्वतन्त्र मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्कको नाममा आरा धरान, स्वतन्त्र दिदीबहिनी रोज गार्डेन निर्माण भएपछि हेर्न लायक र घुम्न आउनै पर्ने ठाउँ भएको इटहरी २० बाट पार्क घुम्न आएका खिलानाथ वन बताउँन् ।

झाडी खोल्सी क्षेत्र पर्यटकीय स्थलको रुपमा रहेको सर्दु खोला अहिले पार्कको अवधारणामा विभिन्न प्रकारका आकर्षक स्थल बनेको र यसले धरानको पर्यटन प्रैवद्र्धनमा ठूलो सहयोग पुग्ने इटहरी १० का एलिन राई बताउँछन् ।

आरा धरानले धरान एतिहासिकतालाई चिनारी दिएको छ ।

दुई जना व्यक्तिले काठ चिर्दै गरेको दृश्य कलाकार रोजन राईको अवधारणा अनुरुप बनेको हो । यस्तै रोजगार्डेनमा समेत दुई जना आदिवासी चेली ढाकर बोकेर तक्मा (लट्ठी) समाएर बसेको शालिक, छेउमा श्रम संस्कृतिको पहिचान झल्कने खालको ठूलो ढुंगा र त्यसको तल पानीको फोहोराले यसलाई यो क्षेत्रलाई अझ आकर्षित गरेको छ ।

मेयर साम्पाङको यो अवधारणाले पर्यटकीय स्थलसँगै आर्थिक चलायमान गर्न पनि मद्धत पुग्ने सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधान बताउछन् ।

ओसो पार्क, वीपी पार्कसँगै अहिले स्वतन्त्र मेयर साम्पाङले श्रमसंस्कृति पार्कको अवधारणासँगै यसभित्र धेरै पार्क निर्माण भएकोले घुम्न आउने पर्यटकले आथिक चलायमान हुने र धेरैले रोजगार समेत पाउने उनको भनाई छ ।

उनले धरानका यस्ता क्षेत्रको पहिचान गरी अन्य ठाउँमा समेत पार्क यस्तै पार्क निर्माण गर्न सके धरानको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए ।

यो सबै श्रमदानबाट निर्माण भएको हो । आरा धरान निर्माणका परिकल्पना कारका रुपमा स्थानीयर राम राई रहनु भएको छ ।

आरा धरान निर्माणका लागि  लाख ८४ रुपैयाँ लागत लागेको बताइएको छ । सरकारको लगानी बिना नै  ५९ औँ दिनमा गार्डेन तयार गरेर नगरलाई हस्तान्तरण गरिएको स्वतन्त्र दिदी बहिनी समूहकी कोषाध्यक्ष विष्णु लिम्बुले बताइन् ।

उनका अनुसार गार्डेन निर्माण गर्न देश विदेशबाट दाताहरूले २६ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए भने स्वतन्त्र दिदीबहिनीहरूले प्रतिमा बनाउन ४ लाख ४५ हजार संलन गरेका थिए । 20240330_153434

गार्डेन निर्माणको क्रममा कुल ३१ लाख १९ हजार संकलन भएको कोषाध्यक्ष लिम्बुले जानकारी दिइन् । यहा रहेको आरा धरान, एसडिवी रोज गार्डेन, श्रम संस्कृति पार्कले गुमेको शाख फर्काउने काममात्रै गरेको छैन धरानको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुगेको महसुस सबैलाई भएको छ ।