धरान/  युएन नबोदय कलेज धरानको १२औ बार्षिकोत्सब तथा  बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले बिबिएस र बिएचएम पहिलो बर्षलाई स्वागत गरेको र बिविएस चौथो बर्ष र कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको प्रिन्सिपल डम्बर कुमार तुम्वाफोले जानकारी दिए ।

 होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको धरान १६ स्थित युएन कलेज र युएन नबोदय प्लस टु ले १२औ वार्षिकोत्सब सम्पन्न गरेको छ ।

    बिहिबार धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिएचएमको  थर्ड सेमेस्टारको परिक्षामा नेपाल थर्ड टपर बन्न सफल भएकी छात्रा स्मारिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ । उनलाइ नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसै गरि बिएचएममै प्रदेश थर्ड बनेकी रोजिना राईलाई पनि नगद १५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । 

    कार्यक्रममा उत्कृष्ट अन्क ल्याएर बेस्ट स्टुडेन्ट अफ द एयर घोषणा भएकि कक्षा ११ म्यानेजमेन्ट तर्फकी मेलिना श्रेष्ठ, होटल मेनेज्मेन्टकी भावना तामाङ, साइन्स तर्फकी इशा राइलाइ पुरस्कार प्रदान गरिएको छ ।

उनिहरुलाइ नगद ५ हजार सहित पुरस्कृत गरिएको हो । त्यसै गरि वार्षिकोत्सबको अवसरमा आयोजना भएको प्रतियोगितामा बिजयी विद्यार्थीहरु तथा बिधालयमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको छ । 

    कार्यक्रममा कलेजका प्रमुख तथा प्लस टु पृन्सिपल डम्बर तुम्बापोले गुणस्तरीय शिक्षा दिइरहेको  बताए ।

उनले भने  विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु नेपाल सेकेन्ड टपर बनेका छन, कलेज तथा स्कुलले ब्यवहारिक, ब्यवबसायिक, गुणस्तरीय शिक्षामा नमुना बनेको छ ।

धरानमा ब्यहारिक र रोजगारी मुलुक शिक्षा प्रदान गर्ने पहिलो कलेज बनेको बताउदै आफ्नै युएन केक एण्द बेकरी संचालन गरेर विद्यार्थीलाई पढ्दै रोजगारमुखी बनाएको उनले बताए ।

प्रतिभावान विद्यार्थीको रोजाइमा परेको उनको भनाइ छ । 

    २०११ सालमा युएन कलेज स्थापना र नबोदय विद्या मन्दिरमा प्लस टु संचालनमा ल्याएको थियो । नबोदयमा प्ले ग्रुप देखि प्लस २ सम्म अध्य्यन हुन्छ । प्लस टु मा साइन्स, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र मेनेज्मेन्ट अध्य्यन हुन्छ । कलेजमा ब्याच्लर अफ होटल मेनेज्मेन्ट र बिबिएसको अध्ययन हुने गरेको छ ।

तस्बिरहरुuunnuuuuuuuuuununuuuuuuuuuuun

Untitled