धरान/ बलत्कारको आरोपमा सुनसरीको धरानका प्रहरीले २  जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मान बहादुर राईका अनुसार दुई दिन अघि प्रहरीमा एक युवतीले दिएको उजृुरीको आधारमा धरानका विकी अन्सारी र अस्लाम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

डिएसपी राईका अनुसार उक्त आरोपमा ३ जना संलग्न रहेको उजुरी परेको छ भने एक जना फरार रहेकाले खोजी कार्य गरिरहेको छ ।

दुबै जना आरोपीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । 

 श्रोतका अनुसार नशालु पदार्थ खाएर ३ जना युवाहरुले पालैपाले सामुहिक वलत्कार गरेको आरोप छ ।

प्रहरीले घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।