धरान/ पानबारी फुटबल क्लबले आगामी वैसाख राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आगामी २०८१ साल वैसाख २२ देखि २९ गतेसम्म आयोजना गर्दैछ ।

स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने क्लबले जनाएको छ ।

खेलको व्यवसायिकतालाई जोड दिँदै स्थानीय खेलाडीलाई नै प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पानबारी फुटबल क्लबलका अध्यक्ष कृष्णकुमार राईले बताए  

पहिलो पटक आयाजना गर्न लागिएको प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्याइज तहरा, नपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लबसहित आरआइएफसी काठमाण्डौले प्रतियोगितामा भाग लिने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया, दोस्रो हुनेले ५५ हजार प्राप्त गर्नेछन् ।

पहिलो पटक थोरै राशीको प्रतियो्गिता आयोजना गर्न लागे पनि स्थानीय सरकार धरान उपमहानगरपालिका, ६ नं वडा समिति, १८ नं. वडा कार्यालय, १७ नंं वडा कार्यालय, ७ नं वडा कार्यालयसहित देशविदेशमा रहेका पानबारीबासीले समेत प्रतियोगितामा आर्थिक सहयोग गरेका छन् ।