धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा हिजोबाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ । कुम्भ मेला शुरु भएसँगै अहिले चतरामा चहलपहल बढेको छ । भक्तजनहरुको आगमन बाक्लिएको छ ।

मेलालाई व्यवस्थित गर्न सबै पक्ष लागि परेका छन् ।

जसले गर्दा भक्तजनहरुलाई समेत सहज भएको छ । उद्घाटनकै दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको चतरामा अहिले पनि भक्तजन चतरा जाने र कुम्भ स्थान गरेर धरानको पिण्डेश्वर मन्दिरमा आएर जल चढाउने काम गरिरहेका छन् ।

मेलालाई कुम्भमैत्री बनाउन कुम्भ मेला सफल बनाउन बनेका समितिहरु १२ बर्षे  पूर्ण पिण्डेश्वर महाकुम्भ मेला मूल आयोजक समितिकाका सदस्य गोकुल गुरागाई बताउँछन् ।

बराहक्षेत्रको प्राचीन हरिद्वार क्षेत्रमा लागेको कुम्भ मेला नेपालकै ऐतिहासिक र गौरवशाली मेला भएको स्थानीय सरकारको ठहर छ ।

मेलाको राष्ट्रपति रामचन्द्र पौड्यालले उद्घाटन गरेपछि अझ आयोजक समिति, स्थानीय सरकार, स्थानीयबासी मेलालाई पूर्ण रुपमा सफल बनाउन उत्साहित बनेका छन् ।

मेलाको अवसरमा नेपाल लगायत भारतबाट समेत गरी ३० लाख भक्तजनहरु आउने अपेक्षा राखेको यो मेला नेपालकै ऐतिहासिक तथा हरेक हिसाबले गौरवको रुपमा सबैले लिएका छन् ।

मेललाई भव्य र शब्य बनाउन बनाउन झक्तजनहरुको शान्ति सुरक्षाको व्यवस्था, खानपान, आवास, यातायात लगायतका कुरामा अफ्ठ्यारो नपार्ने अवस्था बनाउन स्थानीय सरकार आफै लागि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की बताउँछन् ।

यता धरान तर्फ पनि पिण्डेश्वर मन्दिरमा जल चल चढाउन आउने भक्तजनहरुलाई यहाँका समितिहरु यातयात, ट्राफिक व्यवस्थापन, पिण्डेश्वर मन्दिरमा जल चढाउने व्यवस्था लगायतका कुरामा भक्तजनलाई सहजता प्रदान गर्न लागि परेका छन् ।

पालमा  प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा महाकुम्भ मेला शुरु भएको थियो ।

यो दोस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला हो । यो मेलाको ऐतिहासिकलाई अझ उजागर गर्दै देश विदेशसम्म मेलाको महत्वको विषयमा जानकारी गराउन समेत सबै पक्ष लागि परेका छन् ।