ताप्लेजुङ/ ताप्लेजुङमा ५ दिने ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आयोजना हुने भएको छ । आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङ पर्यटन महोत्सव मनाउने तयारी सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिमा बसेको जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाको प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको छ ।
बैठकले महोत्सव साबिकको भीमकाली गुल्म अर्थात हालको दुर्गादल गुल्मको प्राङ्गणमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।
गुल्मको प्राङगणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताए ।
उनका अनुसार बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवद्र्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।
यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने सहितको तेश्रो औद्योगिक कृषि मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने बैठकबाट निर्णय भएको प्रमुख लामाको भनाई छ ।