इनरुवा/  पाँच बर्ष अगाडि बन्द भएको सि–म्यास इण्डिस्ट्रिज प्रा.लि पुन :सञ्चालनमा आउने भएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पाँच बर्ष अगाडि बन्द भएको सि–म्याक्स इण्डडिष्ट्रज पुन : सञ्चालनको तयारीमा रहेको छ ।  चिनियाँ नागरिक मिस्टर चाङ्गको लगानीमा स्थापित उद्योग कोभिड १९ अगाडि बन्द भएको् थियो ।

उक्त उद्योगका पार्टनर मिस्टर से अवैध जडिबुटी काण्डमा गिराफ्तार भएर जेल गएपछि उद्योग पूर्ण रुपमा बन्द भएको हो ।

चैत्र महिनामा हाल जेलबाट छुटिसकेका चाङ्ग, से लगायतका चिनियाँहरुले तीन पटक उद्योगको भ्रमण गरिसकेका छन् ।

उद्योगका तत्कालीन व्यवस्थापक लिलु पौड्यालका अनुसार चिनियाँ नागरिक से, चाङ्ग र सेका साला मिस्टर खो उद्योगमा आएर निरीक्षण गरिसकेका छन् ।

उद्योगबाट भैसी, राँगाको मासु उत्पादन हुँदै आएको थियो । उत्पादन भएको मासु भारतको कलकत्ता बन्दरगाह हुँदै भियतनाम, थाइल्याण्ड भएर चीन पठाउने गरिएको थियो ।

स्थानीयका अनुसार पछि मिस्टर सेले रागा भैसी मासुसँगै वहुमूल्य जडिबुटी सतुवा, गाई, गोरुको मासु समेत तस्करी गरेर चीन पठाउन थालेका थिए ।

सन् २०१८ मा वहुमूल्य जडिबुटी, , गाई, गोरुको मासु समेत चीन निर्यात हुन थालेको् भन्दै इन्टरपोलमा उजुरी परेको थियो ।

त्यसभन्दा अगाडि एक कन्टेनर सामान रानी भन्सारले पक्राउ गरी मिस्टर खोलाई समेत गिराफ्तार समेत गरेको थियोे ।

पछि उनलाई धरौटीमा छोडिदिएको थियो भने गाडी र सामान लिलाम गरिदिएको थियो । चिनियाँहरुको नेपालका प्रहरी प्रशासनमा राम्रो पकड भएकोले उनीहरुको आफ्नो अवैध धन्दालाई निर्वाध अगाडि बढाएका थिए । तर सर्वत्र हल्ला भएपछि रानी भन्सारले उनीहरुका सामान पक्राउ गरेको थियो ।

पौड्यालले भने–‘ एक कन्टेनर सामानको मूल्य १ करोड भन्दा बढीको हुन्छ ।

महिनामा ३०देखि ४० कन्टेनर सामान उनीहरु निर्यात गर्दथे । यहाँबाट पठाइएको मासु चीनमा प्रोसेसिङ्ग पश्चात युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा पठाइन्थ्यो । उद्योगमा २० जना दक्ष चिनियाँ नागरिकसँगै २ सय भन्दा बढी स्थानीयले रोजगारी पाएका थिए ।’