धरान/  शारीरिक सुगठन खेलको विकाश प्रवद्र्धन गर्दै आएको हाम्रो व्यायमशालाले २२ औं संस्करणको धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  

आयोजकले आफ्नै धरान ९ स्थित व्यायाम शालामा आईतबार पत्रकार सम्मेलन गर्दै असोज १९ गते गरिने प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न  समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष समिनकला राईले जानकारी दिइन् ।

उनका अनुसार प्रतियोगितामा ४० केजी, ६० केजी, ६५  केजी  तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् ।

प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ । उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना खेलाडीहरु छानिनेछन् । प्रतियोगिता धरान ८ स्थित सभागृहमा हुनेछ । 

प्रतियोगिता मार्फत युवा जगतको देखिएको विकृति र विसंगति हटाउने प्रयासको रुपमा रहेको आयोजकले बताएको छ ।

प्रतिष्पर्धामा सहभागि गराई खेलाडीहरुको क्षमता विकाश गरिने अपेक्षा रहेको बताएको छ । प्रतियोगिताका लागि ८ लाख ६५ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा कुल ३ लाख ५ हजार रुपैया पुरस्कारमा खर्च गरिने पनी जनाएको छ । 

प्रतियोगितामा पहिलो पुरस्कार १ लाख ५० हजार, दोस्रो ७५ हजार, तेस्रो ३५ हजार र चौथो पुरस्कार २५ हजार रहेको छ । प्रतियोगिताको बेस्ट पोजरलाई १० हजार र मस्ट मस्कुलरलाई १० हजार रुपैया पुरस्कार रहेको जनाएको छ । अघिल्लो वर्ष २१ औँ मिस्टर धरान आशिष राई घोषित भएका थिए ।