बेलबारी/ मोरङको बेलबारी–१० माटिगाँउ निवासी सरस्वती धिमालले गिनिज बुक अफ वल्ड रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छिन् ।

उनले ५,२७८ मि अर्थात १७,३१६ फिट माथी नृत्य कोरीयोग्राफी गरी गिनिज बुक अफ वल्ड रेर्कड राख्न सफल भएकी हुन् ।

बुवा राजु धिमाल र आमा गंगा माया धिमालको कोखबाट बेलबारीको माटिगाउँमा जन्मिएकी सरस्वती विगत एक दशक देखि नृत्य विद्यामा छिन ।कर्मथलो काठमाण्डौको गोकर्णमा रहेकी उनले विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम समेत भएकी छिन् ।

उनी नेपालकै ठूलो डान्सिङ रियलिटि शो डान्सिङ स्टार नेपालको च्यामपियन समेत भएकी छिन ।