धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अगाडि बाटिका निर्माण हुने भएको छ । पिण्डेश्वर मन्दिर अगाडि सडक छेउमा सर्वसाधारणको फोहोर फाल्ने स्थानको रुपमा प्रयोग हुदै आएको थियो । सो स्थानमा बाटिका निर्माण गरिने भएको हो ।
लाइन्स क्लब धरानले सो स्थानमा बाटिका निर्माण गर्ने भएको हो । स्थानीय सरकारको सहयोगमा क्लबले फोहोर फाल्ने दुर्गन्धित स्थानमा रमणीय पार्क सहितको वाटिका निर्माण हुने भएको हो ।
यसका लागि डिजाइन सर्भे समेत भइसकेको लायन्स क्लबका डिष्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए । साउन महिनाको सोमबार लाखौ भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउदा भक्तजनहरु यहाँ फालेको फोहारका कारण नाक थुनेर हिड्ने गरेका छन् ।
यसैलाई मध्यनजर गरी रमणीय पार्कसहित पार्कमा बसेर आराम गर्न सकिने खालको बाटिका निर्माण गर्न लागिएको उनले बताए ।
विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिता दिनप्रतिदिन चुलिदै गएको छ । तर मन्दिर आसपासमा फालिएका फोहोरका कारणले भक्तजन आजित हुने गर्का छन् ।
सानै प्रयास भएपनि स्थानीय सरकारको सहयोगमा यो निर्माण गर्न लागिएको हो । निर्माण कार्यका लागि सम्पूर्ण लायन्स लागेको उनले जानकारी दिए ।
उनले स्थानीय सरकार, स्थानीय बासिन्दा सबै लागेर सफल बनाउनुपर्नेमा जोड दिए ।
बााटिकाको शिलान्यास समेत भइसकेको छ । वास्तवमै यस्ता खालाका पार्क, बाटिका स्थानीय सरकारले निर्माण गर्नुपर्ने हो तर निर्वाचित जनप्रतिनिधिहरुले यस्ता कुरामा ध्यान दिन सकेका छैनन् ।
हुन त धरानमा धेरै यस्ता वाटिका निर्माण भएका छन्, यस्ता पार्क तथा वाटिका निर्माणमा सरकारको सहयोग न्यून हुने गरेको छ ।
स्थानीय सरकारले निर्माण गर्नुपर्ने काम लायन्स क्लबले गर्न लागेकोमा धरान उपमहानगरपालिका १४ नंं वडा समितिले धन्यवाद समेत दिएको छ ।
धार्मिक पर्यटकीय क्षेत्रमा यस्ता खालका बाटिका निर्माण हुदा मन्दिरमा आउने भक्तजनहरुले राहतसँगै आनन्दित महसुस गर्ने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
उनले १४ नं. वडामा बनेको यो वाटिका अत्यन्तै सुन्दर र सबैको लागि सिकाइको विषय होस् भन्दै शुभकामना दिए ।
बन्न लागेको बाटिकामा बस्ने चौतारा, विभिन्न प्रकारका आषर्षक बोट विरुवा, दृश्वावलोकनको आकषर्क स्थानको रुपमा निर्माण गरिन लागेको बताइएको छ ।
पार्क निर्माण भएसँगै जथाभावि फाल्ने फोहर व्यवस्थापनसँगै धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा थप आकर्षण थपिने र धार्मिक पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा समेत निर्माणकर्ता, स्थानीय सरकार, स्थानीयबासीले राखेका छन् ।