बराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आउन थाले पछि सिलपाखाका स्थानिय ७१ बर्षिय बालकुमार राई मख छन् ।

गाउँमा मोटर गाडि ल्याउन उनी गत मंसिरमा नगर प्रमुख रमेश कार्कीसंगै श्रमदान कार्यमा समेत सहभागी भएका थिए ।

गाउँमा मोटर बाटो आए पछि वराहक्षेत्र मन्दिरसम्म पुग्न सहज भएको छ । थापलोमा र पिढिउमा बोकेर खाद्यन ढुबानी र पैदल हिडेर जानू पर्ने स्थानियहरुको समस्या सदाको लागि अन्त्य भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा गाउँमा पहिलो पटक मोटर बाटो पुगेको हो ।

गाँउमा मोटर बाटो पु¥याउन ट्राक खोल्ने कार्यमा गत मसिरमा नगर प्रमुख कार्की सहित जनप्रतिनिधिहरु श्रमदान अभियानमा समेत लागि परेका थिए । नगर प्रमुख कार्कीको श्रमदान अभियान पछि नगरपालिकाले १० लाख र वडा कार्यालयले ४ लाख गाउँमा बाटो  पु¥याउन ट्राक खोल्न बजेट बिनियोजन गरेको थियो ।

हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट  मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य सम्पन् भएको उक्त बाटो निर्माण उपभोक्ता समितिकी अध्यक्ष सरिता राईले बताईन ।

गाउँमा पहिलो पटक बाटो आए पछि स्कुल जाने विद्यार्थी , कृषि गर्न किसानसंगै बिरामीहरुलाई अस्पताल लैजान एम्बुलेन्स लगायतका साधनहरु गाउँमा आउन थालेको  उनले बताईन् ।

 हाल चार पांङ्गे मोटर, ट्याक्टर , टेम्पो लगाएका साधन गाउँमा आउन थालेका छन् ।

यश अगाडि गाउँसम्म आउने कुनै मोटर बाटो नहुदा बाक्सिङटार र सिलपाखाका स्थानियहरु पैदल हिडेर वराहक्षेत्र मन्दिरसम्म आउने पर्ने बाध्यता रहेको राईले बताईन् ।

बाक्सिङटार र सिलपाखा गाउँमा रहेको ३० घरको वषौदेखिको  समस्या बुझेर पहिलो पटक मोटर बाटो पुग्दा धेरै खुशी लागेको बाक्सिङटारका स्थानीय भक्त राई बताउँछन् ।

बाक्सिङटार र सिलपाखामा बाटो ल्याउन नगर प्रमुख रमेश कार्की र वडाध्यक्ष किसन मगरले महत्वपुर्ण योग्दान रहेको स्थानिय राईले बताए ।

नगरपालिका र वडा कार्यालयको बजेटसंगै नगर प्रमुख कार्की र वडाध्यक्ष मगर समेत बाक्सिङटार र सिलपाखामा मोटर बाटो ल्याउन श्रमदानमा समेत सहभागी भएको उनी बताउँछन् ।

दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ ।

वराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुग्दा स्थानीयहरुलाई ठुलो राहत मिलेको नगर प्रमुख रमेश कार्कीको भनाई छ ।

गाउँमा मोटर बाटो पुर्याउने नगरपालिकाको योजना अनुसार काम भएको उनि बताउँछन् ।

साबिक वराहक्षेत्र गाविस वडा नं ९ को पुरानो गाउँ भएपनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुविधा भएको र स्थानीहरुको असुबिधालाई मध्यनजर गरेर गाउँमा मोटर बाटो पुर्याईएको नगर प्रमुख कार्कीले बताए ।

मोटर बाटो पुगे पछि विद्यालय जान, अस्पताल जान, गाउँमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटोले सहज बनाएको छ । पुरानो गाउँ बाक्सिङटार र सिलपाखामा पहिलो पटक मोटर बाटो पुगे पछि स्थानीयहरु  मख भएका छन्  ।