धरान / दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको महिला तर्फको समिकरण सोमवार पुरा भएको छ ।

सोमवारको भएको खेलमा आइएसए नेपालले प्रतियोगीताको तेस्रो जित निकाल्दै ए पोल समुह विजेता वन्दै सेमिफाइनल प्रवेश गरेका छन ।

वि पोल तर्फ दुवै खेलमा जित निकाल्दै रेडडेभिल्स समुह विजेता वनेर सेमिफाइनल प्रवेश गरेका छन । आइएसए नेपालले सोमवार भएको खेलमा युवा जागृति क्लवलाइए ४९–१० र रेडडेभल्सले इलुजन झापालई २२–१३ अंकले पराजित गरेका थिए ।

वि पोल समुहमा रहेका इलुजनले दुवै खेल गुमाए पछि इमोर्टल एक जित निकाल्दै उपविजेता वनेर सेमिफाइनल प्रवेश गरे ।

इमोर्टलले अघिल्ले दिन आइतवार भएको खेलमा इलुजनलाई पराजित गरेका थिए ।यसै गरि एक हार, दुइ जित निकालेका धरान मेघा कलेजले तरहरालाई ५४–१४ अंकले पराजित गर्दै ए पोल समुहमा उपविजेता वनेर सेमिफाइनल प्रवेश गरेका छन ।

सेमिफाइनलमा ए पोलका विजेता आइएसएले वि पोलका उपविजेता इमोर्टल र वि पोलका विजेताले ए पोलका उपविजेता धरान मेघा संग प्रतिश्पर्धा गर्नेछ ।

यसै गरि पुरुष तर्फ युवा जागृति र होराइजन क्लवले जित निकालेको छ । सोमवार भएको खेलमा युवा जागृतिले तरहरा ए टिमलाई ५४–४९ र होराइजनले तरहरा वि टिमलाई ६०–४४ अंकले पराजित गरे ।

भोलिको खेल पुरुष तर्फ डिपो कलेज र युजिए, धरान १३ र मिराकल, होराइजन क्लव र यलम्वर क्लव, व्रदस र इमोर्टल क्लव विच प्रतिश्पर्धा हुनेछ ।

महिला तर्फ भने आइएसए नेपाल र इमोर्टल विच पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सन्चालन भइरहेको छ । प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ ।