ताप्लेजुङ/ प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ। वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरेको जानकारी दिए। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए। चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएको समितिले जनाएको छ ।