धरान/ धरान १४ मा रहेको् पिण्डेश्वर मावि.को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गरेका हुन् ।

संघीय सरकारको करिब १ करोडको लागतमा आठ काठे सो भवनको शनिवार संस्कृत विद्या संविद्धिनी समितिको बार्षिकोत्सवको अवसरमा सो भवन निर्माण गरिएको हो ।

सो अवसरमा अक्षयकोष दाता तथा विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुरुकुल अध्यक्ष गौरीशंकर अग्रवालले स्वागत मन्तव्य, विद्यालय अध्यक्ष पवनकुमार अग्रवालले विद्यालयका बारेमा मन्तव्य, गौशाला अध्यक्ष संन्तोष अग्रवालले गौशालाको बारेमा मन्तव्य राखेका थिए ।

विद्यालयका प्रअ प्रभाव भट्टराईले शैक्षिक भवन निर्माण पश्चात विद्यालयमा पठनपाठनमा सहज हुने बताए ।

कार्यक्रममा धरान १४ वडा अध्यक्ष कृष्णप्रसाद भट्टाइर्,आभिभावक,अक्षकोषदाताहरुका तर्फबाट कुमार कोइराला, धरान उपमहानगरपालिकाका अन्तर्गतको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा, कोशी प्रदेशका पुर्व प्रदेस प्रमुख गोविन्द तुम्वाहाम्फेले शैक्षिक गुणस्तरका लागि भौतिक संरचना पनि आवश्यक रहने बताएका थिए ।

समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमाको सञ्चालन सचिव गुरु चन्द्रमणी नेपालले गरेका थिए ।