संखुवासभा/ संखुवासभामा एक प्रधानाध्यापकले आफ्नै विद्यार्थीलाई मरणासन्न हुने  गरी कुटपिट गरेका छन । 

संखुवासभा स्थित धर्मदेवी  नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्।

विद्यार्थी निरौलाले न्याय पाउ भन्दै स्थानीय निकायमा  निवेदन दिएका छन् ।विद्यार्थीले दिईएको निवेदनमा भनिएको छ ‘धर्मदेबि नगरपालिका ९ मा पर्ने महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीबाट रगत बग्ने गरी कुटपिट गरेका हुनाले म अन्यायमा परेको छु मलाई न्याय दिलाई दिनका लागि सो निवेदन पेश गर्दा छु।’

निवेदनमा वडा नम्बर ६,९ र महेन्द्र ज्योति माध्यमिक विद्यालयलाई बोदार्थ गरिएको छ।वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार प्रार्थनाको बेला कक्षा कोठा भित्रै लुकेर बसेका शिवराज भन्ने विद्यार्थीलाई प्रधानध्यापकले देखेपछि उनलाई  गालामा कुट्न खोज्दा नाकको डाडीमा लगेर नाथ्री फुटेर रगत आएको बताए।‘

नाथ्री फुटेपछि उनी फटाफट आफ्नो घर तर्फ लागेका रहेछन,वडा अध्यक्ष अधिकारीले भने,’त्यो नाथ्री फुटेको रगत  सबै कपडामा लागेको रहेछ,बुधबार सबै जनप्रतिनिधि सहितको छलफल पनि भयो अब देखि विथार्थीहरुलाई हातपात नगर्न भनेर हेडसरलाई पनि सचेत गराईयो।

’यस बिषयमा विद्यार्थी कुट्ने प्रधानध्यापक खत्रीलाई सम्पर्क गर्दा त्यो भाईको नाथ्री फुटेको हो अनि उसले लगाएको सर्टले पुछेर रगत लागेको बेला कसै एक जनाले सामाजिक संजालमा हालिदिएको रहेछ कुरा यति मात्र हो। त्यो विद्यार्थी अनुसासन हिन हो बुधबार हामी सबै बसेर छलफल गरिसकेको बताए।  बाहिर हल्ला गरिए जस्तो कुटेको होइन।