धरान/ किरात राईहरु अहिलै साकेला पर्वमा व्यस्त छन् । आफ्नो मौलिक पर्वको जर्गेनामा राई समुदायका बृद्धबृद्धादेखि युवा पुस्ता अग्रसर भएर लागेको पाइएको छ ।

यो पर्व युवा पुस्तासम्म पुर्याउनकौ लागि सामुहिक रुपमा मनाउने प्रचलन समेत बढ्दै गएको पाइएको छ ।

किरात राईहरुले प्रत्येक बर्ष वैसाख पुर्णिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष पनि भव्यताका साथ मनाउन शुरु गरेका छन् ।

किरात राई यायाेख्खा सुनसरीले सुनसरी भरिका राईहरुलाई समेटैर सुनसरीका विभिन्न स्थानमा सामुहिक रुपमा साकेला पर्व मनाएका छन् ।

यसमा पनि आफ्नौ सँस्कृतिलाई जौगाउन युवा पुस्ता समेत ढोल र झ्याम्टा बोकेर साकेला नाच्न थालेका छन् ।

जेष्ठ १० देखि शुरु भएको साकेला पर्व जेष्ठ २६ गतेसम्म सुनसरीका विभिन्न ठाउमा मनाउने कार्यतालिकका सार्वजनिक गरेका छन् ।

  अन्नबाली रोप्ने समय र गर्मीले चराचुरुङी बेसीबाट लेकतर्फ जानै समय भएकाले पनि वैसाखै पूर्णिमादैखि राइ समुदायले उभौली पर्वकाे रुपमा मनाउने गरेका छन् ।

युवा पुस्तालाई समैट्दै साँस्कृतिक पर्वलाई जगेर्ना गर्ने उद्दैश्यले सुनसरीका राई समुदायका युवा पुस्तालाई समैट्दै विभिन्न स्थानमा सामुहिक रुपमा साकेला पर्व मनाइएकाे किरात राई यायाेख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।

सामुहिक रुपमा सुनसरी जिल्लालाई समैट्दै मनाउन लागेको साकेला पर्वकाे पहिलो दिन सुनसरीको धरान र इटहरीमा कार्यक्रम राखिएकाे थियो ।

माटोको माया, देशको मायासँगै नेपालको सँस्कृति झल्किने साकेला पर्वमा अहिलै सेलीब्रेटीहरु समेत सामेल हुन थालेका छन् ।

साकेला पर्वमा सामैल हुन काठमाण्डौदेखि धरान  आउनु भएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले साकेला पर्व नैपालकै साँस्कृतिक सम्पत्ति भएको बताउनुभयो । उहाँले यो पर्वमा युवा पुस्ताकौ आकर्षण बढेको भन्दै युवा पुस्ताले समेत आफ्नो संस्कृतिलाई अंगाल्दै लगेको बताइन् ।

यो पर्व सबै नेपालीको साझा पर्वकाे रुपमा विकास गर्दे राइ समुदायलाई एकताबद्ध बनाउन राई समुदायमा रहेर विभिन्न क्षैत्रमा यौगदान पुर्याउनेलाई सम्मान गर्नुका साथै जैष्ठ २६ गते अर्थात अन्तिम दिन सुनसरी भरि रहेका कार्यसमितिहरुलाई सहभागी गराई प्रतिष्पर्धात्मक साकैला नाच प्रदर्शन गर्ने र विजेतालाई पुरस्कारकाे समेत व्यवस्था गर्ने भएकाे छ ।

यसले राई जातिका युवा पुस्तालाई समेत साकेलापर्वप्रति आकर्षित गर्ने र साकेला नाच, साकेला पर्व मनाउदा गरिने विधि, साकेला नाचसँगै नाचमा प्रयोग गरिने बाजाहरुको समेत संरक्षणमा मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।