धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् ।

दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए ।

प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो ।दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्दै प्रतिभा प्रदर्शन र व्यक्तित्व विकासका लागि उनीहरूलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।

     प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदका साथै प्लस टु अध्ययनका लागि शतप्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले बताएको छ ।

 तेस्रो चरण अर्थात् सेमी फाइनल यहीेठ १५ गते गणतन्त्र दिवसका दिन आयोजना गरिने आयोजकले जनाएको छ ।र्याडिकल लाइट नेपाल प्रालिको आयोजनामा भइरहेको ‘एसईई स्पिकर’ प्रतियोगिताको यो चौथो शृङ्खला हो ।