धरान / एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ । 

दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता  –२०८१” राखेको छ । बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो ।

प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते  हुने भएको छ ।

आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 

 एकेडेमीका प्रीन्सिपल सन्तोष कोईरालाका अनुसार विद्यार्थीलाई शिक्षासँगै स्वास्थ्य जीवनको लागि पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।

उनका अनुसार  दौड एम्स देखि सुरु भई छाताचोक, भानुचोक,पुतली लाईन, दुर्गाचोक, पानीट्यान्की हुँदै एम्समै आएर  टुंगिने छ ।

उनले भने, छात्र  र छात्रा गरि दुई समुहमा प्रतियोगिता गराईने छ , छात्र–छात्रा दुबैतर्फ  प्रतियोगितामा  प्रथम हुनेले नगद  ५ हजार  र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति  दोश्रो  हुनेले  नगद ३ हजार र  प्लस टु अध्ययनका लागि ७५ प्रतिशत  छात्रवृत्ति,प्रतियोगितामा तेश्रो हुनेले नगद  १ हजार र प्लस टु अध्ययनका लागि ३५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छ ।

  एकेडेमीका  म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले दौड प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यार्थीहरुले कक्षा–११ को भर्ना शुल्कमा ५० प्रतिशत छुट पनि प्राप्त गर्नेछन्।

    दौड प्रतियोगितामा सहभागी हुन चाहने बिद्यार्थीहरुको नाम निःशुल्क दर्ता गराईने छ ।