धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल–२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान–५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।

बिद्यालयले “सुम्निमा राई जिताउ अभियान“ को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले  तालीले साथ दिएका थिए। 

आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई  भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।

धरान–५ का वडा अध्यक्ष मन प्रसाद लिम्बू समेत बिद्यालयमा पुगेका थिए।प्रदेस स्तरीय एस.ई.ई.आईडलको फाईनलमा पुग्नु बिद्यालयको लागि मात्र नभई सम्पुर्ण वडा बासिहरुको लागि खुशिको कुरा भएको वडा अध्यक्ष लिम्बुले बताए।

सुम्निमालाई भोट गरि जिताउनको लागि वडा कार्यालयको तर्फबाट वडा एबम टोल बासिलाई बिशेष आग्रह गर्ने लिम्बुले बताए।sumnima

स्कुलका प्रधानाध्यापक यमकुमार खत्रीले  सुम्निमा उत्कृष्ट १० पुग्दा खुशी लागेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्तक्त गरे।भोट गर्नका लागि सहयोग पुगोस भनेर प्र.अ. खत्री र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक घिसिङले बिद्यालय परिवारबाट सन्कलित रकम सुम्निमालाई हस्तान्तरण गरे। एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।

वडा अध्यक्ष मन प्रसाद लिम्बू, बिद्यालयका प्रधानाध्यापक यमकुमार खत्री, बि.ब्य.स. अध्यक्ष दिपक घिसिङ लगायतले सुम्निमालाई अबिर र खदा लगाएर फाईनलमा  जितको लागि शुभकामना दिए।बिब्यस अध्यक्ष घिसिङले सुम्निमा एस.ई.ई.आईडलको फाईनलमा पुगि बिद्यालयको नाम उच्च राखेको बताउदै  फाईनलमा जितको लागि शुभकामना दिए।   कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक हितराम लिम्बुले गरे।