सुनसरी/ धरान-१६  स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले बिहिबार साकेला नृत्य भब्य रुपमा सम्पन्न गरेको छ।

स्कुलको प्राङ्गणमा एक बिशेष कार्यक्रम सहित स्कुलले साकेला नृत्यको आयोजना गरेको हो।1717676967442

स्कुलका शिक्षक, शिक्षिका, बिद्यार्थी र अभिभावक सहित सम्युक्त रुपमा ढोल झ्याम्टा बजाउदै साकेला नाचेको स्कुलका  प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु दिए।1717677560539 4

बिद्यालयमा अध्ययन गर्ने बालबच्चालाई समाजका हरेक धर्म, संस्कार, संस्कृती र  रीतिरिवाजको बारेमा प्रयोगात्मक तरिकाले परिचित गराउने उद्येश्यले स्कुलमा साकेला नृत्यको आयोजना गरिएको प्रोग्राम इन्चार्ज निरकुमार राईले जानकारी दिए। 1717676960725 1

बहु-धार्मिक, बहु-सान्स्कृतिक र बहु-भाषिक देसमा सबै जात जातिका मौलिक संस्कृति, परम्पराको सम्मान गर्दै बिद्यार्थीलाई समेत यसबारे ज्ञान दिन  साकेला नृत्यको आयोजना गरिएको इन्चार्ज राईले जानकारी दिए।