धरान/  फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई.आईडल-२०२४ कि टप फाईनलिस्ट सरु राईलाई सोमबार आफुले एस.ई.ई.दिएको धरान-१९ स्थित किरातेश्वर मा.बिले  सम्मान  गरेको छ।

 धरान-१९ का वडा अध्यक्ष पुर्ण बहादुर लिम्बु, स्कुलका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेन लगायतले सरुलाई खदा र अबिर लगाएर  फाईनलमा पुग्न सफल भएकोमा  सम्मान गर्दै जितको लागि शुभकामना दिए।

१९  नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सरुलाई  १० हजार रुपैया सहयोग गर्ने वडा अध्यक्ष लिम्बुले बताए।

स्कुलका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वाले किरातेश्वरबाट एस.ई.ई. दिएकी सरु फाईनलमा पुग्न सफल भएकोमा बधाई दिदै शिक्षक, शिक्षिकाबाट संकलन भएको १४ हजार रुपैया नगद भोटिङका लागि  प्रदान गर्ने बताए।

सरुले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन।

आफुलाइ भोट गर्नको लागि मोबाइलमा  khalti apps  download  वा open  गरि voting मा click गरि  SEE Idol-2024 मा गएर SEE dancing Idol  click गरेर Saru Rai(D06) क्लिक गरि भोट गर्न सकिने उनले जानकारी गराईन।

 स्कुलले सरु राईलाई जिताउ नामक  ब्यानर सहित बाताबरण मिलाई दिए पछि सरुलाई यो अवसर जुरेको हो। सरुले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले  तालीले साथ दिएका थिए। 

 फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।का अध्यक्ष  डम्बर कुमार तुम्बापोले किरातेश्वरकी छात्रा सरु राई एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा स्कुललाई बधाई दिदै फाईनल कार्यक्रमको बारेमा जानकारी गराए।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनले एसईई. आईडलको फाईनलमा पुग्न सफल भएकोमा सरुलाई बधाई दिदै भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

  एसईई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा बिद्यालयले सरुलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरेको छ।

 कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक सुरेन्द्र श्रेष्ठले गरे।

 एसईई.आईडलको फाईनल आगामी असार-७ गते शुक्रवार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

तस्बिरहरु:

saru-raisassaru