धरान / सुनसरीको धरानमा दलित सेवा संघ स्थापना भएको २४ बर्षपछि बल्ल संस्थागत भवन बन्ने निश्चित भएको छ । 

वि.सं.२०५७ सालमा दलितहरुको हक,अधिकार र हितका लागि सुनसरी जिल्ला प्रशासनमा दर्ता भई दलित सेवा संघको जिल्ला शाखा धरानमा स्थापना भएको हो ।

संस्थाका पदाधिकारीले संस्थागत भवन बनाउनको लागि धेरै प्रयास गरेपनि जग्गा उपलव्ध हुन नसक्दा भवन बन्न सकेको थिएन ।

धरान उपमहानगरपालिकाले हाल जग्गा उपलव्ध गराएपछि अव भने भवन वन्ने निश्चित भएको जिल्ला अध्यक्ष मणिराज सुनामले बताए ।उनले भने,“संघको आफ्नो जग्गाथिएन,भवनबनाउनको लागि कठिनाई भएको थियो,बल्लजग्गा जुट्यो,रेल्वेको एक घरमा कार्यालय संचालनमा थियो,त्यो पनि बाटोले गर्दा हाम्रो अफिस नै भत्कियो,अहिले जग्गा भयो ,अव भवनको लागि जुट्ने छौ।”  

धरान १७ स्थित एन्फा एकाडेमी अगाडीको सरकारी प्रति ऐलानी जग्गा उपमहानगरपालिकाले भवन बनाउनको लागि जग्गा उपलव्ध गराएको छ ।

शनिबार संघका पदाधिकारीहरु उक्त स्थानमा पगेर जग्गामा भवन वनाउनको लागि बोर्ड समेत राखेका छन् । जग्गा लगभग १० धुर रहेको छ । 

धरान १७ का वडा सदस्य लक्ष्मी विश्वकर्माले भवन निर्माण स्थल बोर्डको उद्घाटन गरेकी छन् ।

संघका धरान नगर अध्यक्ष जुद्ध बहादुर लोहनीकाअनुसार अब चाँडै भवन बनाउन लागि पर्ने बताए । उनले भने,“हामीले बर्षौदेखि भवन बनाउनको लागि जग्गाको खोजी गरेका थियौं,बल्ल उपमहानगरपालिकाले जग्गा उपलव्ध गरेको छ,धन्यबाद दिन चाहन्छौ,अब हामी सहयोग जुटाएर भवन बनाउन लागि पर्नेछौ,सवैमा आग्रह गर्दछु ,यो भवन हामी सवैको सम्पती हुने भएकाले सहयोगको अपील समेत गर्दछु।”

दलित सेवा संघका केन्द्रिय सल्लाहकार रमेश गजमेरले दलितहरुलाई राज्यले नै उपेक्षा र दमन गरेका कारण समस्याभएको बताए।

उनले राज्यले अपहेलना गरेकाले अहिले सम्म संस्थागतभवनबनाउननसकेको दुखेसो गरेका छन् ।