धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचार सेवामा छुट सुविधा उपलव्ध गराइएको छ । 

धरान स्थित विजयपुर हस्पिटलले बैंकका कर्मचारी तथा ग्राहकहरुको लागि उपचार सेवामा छुट गर्ने भएको हो । बैंक र हस्पिटबीच छुट सेवाको निम्ति सम्झौता छ ।

 ,विरामी भर्ना तथा बेड चार्जमा १५ प्रतिशत,अप्रेशनमा ५ प्रतिशत, ल्याब जाँच १० प्रतिशत र ग्राहकबर्गले औषधी खरीद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सानिमा बैंकका रिलेसनसिप मेनेजर मदन खनालले जानकारी दिए ।

 आर्थिक कारोबार गर्दा मोबाइल बैंकबाट ´कारोबार गर्दा डिजिटल बैंकिङ(डेबिट , क्रेडिट कार्ड, क्युआर तथा मोबाइल बैंकिङ) बाट गर्नुपर्ने ´ खनालले जानकारी दिए ।