धरान/  मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।

समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ (मंगलबार सम्मको संकलित) सहयोग हस्तान्तरण गरेको हो । विरामीको उपचारमा जति सहयोग पुर्‍याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए ।

एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए । हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्र नभएर साथीभाईलाई समस्या हुदा सहयोग गर्नुपनी संस्थाको उदेश्य रहेको गुरुङको भनाई रहेको छ ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश सहसचिव प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भएपनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको वताउदै आत्ममनोवल दरो वनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एन प्यासन सुनसरीका सहसचिव चन्द्र प्रसाद ढकालले आत्ममनोवल वलियो वनाउन सुझाव दिदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मृगौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचारत राई धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलमा कार्यरत रहेका छन् ।

संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले वताए ।

राई मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेकाछन । उनलाई उनकी श्रीमतिले मृगौला दिनको लागि सवै कागजी प्रकृया तयारी भईरहेको पीडित राईले जानकारी दिएका छन् ।