बराहक्षेत्र/ सप्तकोसी नदिको कट्टान , पहिरो , बाढि तथा डुवानको कारणले वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । 

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको आधा भन्दा बढि भुभागका स्थानीयहरु त्रासमा रहने गरेका छन् ।

पटनाली खोला, वाघ खोला , गहने खोला, सरधु खोला, वाहुनी खोला लगायत खोलाको कटान र बाढिबाट पनि सयौ परिवारहरु त्रसित हुने गरेका छन् ।

चतरा– वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गतका धनसर खोला, रानी खोला , सत्र नम्वर , बाहुनी खोला लगायतका क्षेत्रमा पहिरोका कारण यातायात ,

बिधुत , इन्टरनेट लगायतका सेवाहरु अबरोध हुदा स्थानीसंगै पर्यटकहरुलाइ असुबिधा तथा जोखिम हुने गर्दछ  । प्राकृतिक प्रकोपहरु कट्टान, बाढि , पहिरो , डुबानहरुलाई न्यनिकरण , जोखिमलाई न्युनिकरण , समस्याको समधान , राहत , उद्घार लगायत पुर्व तयारी र योजनाको दर्जुमाको बिषयमा नगरपालिकाले तयारी सुरु गरेको छ ।

प्रकोपबाट निम्तिने बिपत्तलाई न्युनिकरण गरि नगरवासिहरुलाई सुरक्षित रहेको महशुष गराउने र जोखिमलाई न्युनिकरण गर्न नगरपालिकाले नगर स्तरिय विपत्त व्यवस्थापन समिति मार्फत छलफल र तयारी सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए । जिल्ला स्तरिय विपत व्यवस्थापन समितिमा पनि नगरको वास्तविक भौगौलिक अवस्था , जिखिमको क्षेत्र , तयारी र आवश्यक कुराहरुको माग समेत गरेको नगर प्रमुख कार्कीले बताए ।

नगरपालिकामा नगर स्तरिय बिपय व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको बैठकमा उप–प्रमुख नन्दकुमारी सुनुबार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुबाल ,

वडाध्यक्षहरु ,इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकास राई,सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका इन्चार्च सशस्त्र प्रहरी निरिक्षक  शंकर कुमार कोईरला , नेपाल रेडक्रश सोसाईटी उपशाखाका सभापति तथा प्रतिनिधिहरु , उद्योग बाणिज्य संघ वराहक्षेत्रका प्रतिनिधि, स्वास्थ्य शखाका प्रतिनिधि , बिधुत प्राधिकरणका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

छलपलमा प्रकोपको जोखिममा रहेको क्षेत्रमा सचेतनाका कार्य , पहिलो हटाउन मेसिनको व्यवस्थापन , उद्घार , राहतको व्यवस्थापन , सामाग्री , सुरक्षित आवास लगायतको अती आवश्यक कुराहरुको व्यवस्थापनको बिषयमा छलफल र निर्णयहरु भएको नगर प्रमुख कार्कीले बताए ।

तत्काल गर्न सक्के काम , बिपत्तको बेला गर्ने कार्त र त्यस पछि गर्नु पर्ने कार्यको बिषयमा छलफल समेत भएको थियो । नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल योजना बनाउन , प्रदेश सरकार , केन्द्रीय सरकार र बिहार सरकारलाई कोसी कटान नियन्त्रणका लागि ठोस योजना आवश्यक रहेको बताए ।

यसकालागि जिल्ला समनव्य , प्रशासनले तत्कालै योजना बनाउनु पर्ने बताए ।  

 सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका सहित कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।