धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन।

धरान-१५ स्थित याक्थुङ चुम्लुङको भवनमा फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित  एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा  शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा धरान आदर्श बोर्डिङ मा.बि.कि कुशुम माझी र मेरील्याण्ड इङ्लिस बोर्डिङकी डीना चोङबाङ पब्लिक चोइसको उपाधी सहित बिजेता बनेका हुन।

 गायतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप,नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए।1719114215745 1

 गायनको सब टाईटलतर्फ बेस्ट फिल्मी सङ सिङ्गरको उपाधी इस्टर्न एजुकेसनल एकेडेमिकी सपना लिम्बुले प्राप्त गरिन।

यसैगरी बेस्ट लोक गीत सिङ्गर हिमशिखर इङ्लिस बोर्डिङ तरहराका युकेस राई भए भने बेस्ट मोडर्न सङ सिङ्गर ज्ञानदर्पण एकेडेमीकि आसोना राई घोषित भईन। बेस्ट पप सङ सिङ्गर मेरील्याण्ड इङ्लिस बोर्डिङका मिक्साम लिम्बु घोषित भए।1719114133249 1

त्यस्तै बेस्ट भोकलको उपाधी ज्ञानोदय मा.बि.का भुमिराज देवानले प्राप्त गरे भने नबोदय बिद्या मन्दिर बोर्डिङका रबिन्द्र श्रेष्ठले बेस्ट डिसिप्लिनको उपाधी प्राप्त गरे। 

नृत्यतर्फ सुकुना मा.बि. सुन्दरहरैचा मोरङकी कामना श्रेष्ठ फस्ट रनर अप भईन भने होलील्याण्ड इङ्लिस बोर्डिङ भद्रपुर झापाकी एलिसा राई सेकेण्ड रनर अप भईन।

यसैगरी युरेका मा.बि. का पासाङ तामाङ थर्ड रनर अप भए।1719114183143 1

नृत्यको सब टाईटलतर्फ जनसहयोग मा.बि.तरहराकी करिना गिरिले अल राउन्ड डान्सरको उपाधी हासिल गरिन भने भानु स्मृती मा.बि. धरानकी सलिना विश्वकर्माले बेस्ट कल्चरल डान्सरको उपाधी हासिल गरिन।

हिमाली मा.बि. कि सुम्निमा राई बेस्ट एक्स्प्रेसन डान्सर घोषित भईन भने बेस्ट फिल्मी डान्सरको उपाधी फेवा सेकेण्डरी बोर्डिङ मोरङ केराबारीकी कृति सुब्बाले प्राप्त गरिन।यसैगरी मस्ट कन्फिडेन्स डान्सरको उपाधी सुकुना मा.बि. सुन्दरहरैचा मोरङकी आयुषा श्रेष्ठले हासिल गरिन भने मस्ट डिसिप्लिन फाईनलको उपाधी किरातेश्वर मा.बि. की सरु राई घोषित भइन। 

 गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अपलाई कार्यक्रमका प्रमुख अतिथि गायिका लोचन भट्टराई र अस्मिता अधिकारी, मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापो,इभेन्ट निर्देशक राम बहादुर लिम्बू, वाई वाई धरानकी प्रतिनिधि मन्जुश्री मानन्धर, यु.एन. नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ,

निर्णायकहरु लगायतले क्रमश: ५० हजार, ३० हजार ,२० हजार र १० हजार नगद,ट्रफी र प्रमाणपत्र प्रदान गरे।बिजेताहरुले कक्षा-११ र १२ को अध्ययनका लागि क्रमश: शत प्रतिशत, ८० प्रतिशत ७० प्रतिशत र ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

गायन र नृत्य दुबै तर्फ सबटाईटल प्राप्त गरेका प्रतिष्पर्धीहरुले समेत जनही ५/५ हजार नगद,ट्रफी र प्रमाणपत्रका साथै कक्षा-११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

कार्यक्रममा गायिका लोचन भट्टराईले माया गर्नेको ..बोलको आफ्नो सदाबहार गीत प्रस्तुत गरिन।

गायिका अस्मिता अधिकारी र निर्णायक एबम गायक बिकास लिम्बु र जमुना राईले गीत प्रस्तुत गरि दर्शकहरुलाई नचाए। कार्यक्रममा १ हजार ५ सय दर्शकहरुको उपस्थिती रहेको प्रा.लि. का अध्यक्ष डम्बर कुमार तुम्बापोले दावी गरे।

 गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षक/गायक बिनायक राई र गायिका जमुना राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ थिए। 

 शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ सम्पन्न एस.ई.ई.आईडलमा २०८० सालको एस.ई.ई.दिएर बसेका कोशी प्रदेस भरिका विभिन्न बिद्यालयका बिद्यार्थीहरु सहभागी थिए।1719114193063 1

1719106655095 1