धरान/नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेकाछन् ।

संगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको थियो ।1719137233020 1

सोही अनुरुप आइतबार भानुचोकमा रक्तदान ककार्यक्रम गरिएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

1719137250231
२०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिगत रुपमा स्थापना भएको हो ।

संगठनले ४६ वर्ष प्रवेश गरेको अवसरमा संस्थापकहरु नेताहरुको योगदानको अध्यक्ष राईले स्मरण गर्नुभयो ।

प्रमुख अतिथि राईले सडक दुर्घटनामा चालकलाई हत्कडी लगाउने र कारागार पठाउने परम्परालाई तोड्न र सँगठन गर्ने अधिकारका लागि अग्रजहरुले भूमिगत रुपमा संगठन स्थापना गरेर हाम्रो पुस्तालाई गुन लगाउनु भएको बताउनु भयो ।

ऐन कानुन निर्माण र साझा मुद्धामा श्रमिकहरुलाई देशव्यापी संगठित गरेको संगठनले भविष्यामा हालको यातायात व्यवस्थापन संरचना खारेज गरि राष्ट्रिय यातायात प्राधिकरण गठन गर्दै लगानीको सुरक्षा,

1719137256540

श्रमिकहरुको जीवनको सुरक्षा र यात्रुहरुको सुरक्षित र भरपर्दो यात्रा गर्ने अधिकारको ग्यारेन्टी गर्ने नीति निर्माण निर्माणमा आवश्यक भूमिका निर्वाह गर्नुपर्ने नयाँ कार्यभार रहेको बताउनुभयो ।
1719137277182
राईले भन्नुभयो यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकरण र कार्यान्वयन अबको हाम्रो कार्यभार हुने र सवारी तथा यातायात व्यवस्था ऐनलाई समय सापेक्ष संशोधन लगायत अन्य श्रमिक प्रतिकुल ऐनहरु संशोधन मार्फत श्रमिकहरुको सुरक्षाको विषय संगठनको भावी कार्यभार हुने बताउनु भएकोछ ।17191372412351719137225093