एसईई परीक्षाकाे नतिजा भखरै मात्रै आएको छ । यो बेला विद्यार्थीहरु कहाँ पढ्ने,कस्तो विषय पढ्ने र कुन कलेजमा राम्रो पढाई हुन्छ भन्ने अन्यौल छ ।

नयाँ विद्यार्थीहरु धरानका विभिन्न कलेजहरुको खोजीमा रहेका छन् । बिद्यार्थीहरुको रुची र चाहनालाई पुरा गर्नको निम्ति विगत लामो समयदेखि धरानमा रहेको एम्स एकेडमी कलेज रहेको छ ।

एम्स कलेज अग्रणी स्थानमा आउने कलेज हो । धरानका बौद्धिक प्राज्ञिक व्यक्तिहरुद्धारा सञ्चालित  यो पनि हो । विद्यार्थीले किन त एम्स एकाडेमी कलेज रोज्ने भन्ने सन्दर्भमा धरान लाइभ ले कलेजका प्रिन्सिपल सन्तोष कोइरालासँग गरिएको कुराकाकनी :

* एम्स एकाडेमी कलेज कस्तो कलेज हो  ? 

यो कलेज नितान्त अरु कलेजभन्दा पृथक कलेज हो । धरानमा रहेका अन्य कलेजहरुले यसरी कक्षा ११ र १२ को कक्षा मात्र सन्चालन गरेका छैनन् ।

तर हामीले भने छुट्टै कक्षा ११ र १२ को कक्षा सन्चालन गरेका छौं । जस्ले गर्दा कलेजको सम्पुण टिम नै कलेजका विद्यार्थीहरुलाई सन्तुष्टि दिन र शिक्षा प्रदान गर्न लागि परेका छौ ।

यो कलेजले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको मन जित्न सफल भएको छ । 

* विद्यार्थीको मन जित्ने त भन्नु भयो तर परिणाम त परीक्षाको रिजल्टले देखाउँछ हैन र ? 

एकदमै हो । मन जित्नु भनेको पढाईमा राम्रोसँग उतीर्ण हुन नै विद्यार्थी र कलेजको पनि सफलता पनि हो ।हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक वर्ष हुने परिक्षामा सतप्रतिशत उतीर्ण हुने गरेका छन् । धरानकै उत्कृष्ट नतिजा ल्याएर भनेर हामी प्रचारबाजी गर्दैनौ । तर हामी परिणामलाई ध्यान दिन्छौ ।

अहिले बिभिन्न सन्चारमाध्यममा खाली उत्कृष्ट नतिजा ल्याएको भनेर प्रचारबाजी गरिदैंछ ।

तर हामी त्यसो गर्दैनौ नी । हाम्रो त विद्यार्थी जति जना परीक्षामा सहभागि भएका छन्,सवैले उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएका छन् । गत वर्षको परिणामलाई हेर्ने हो भने पनि सत प्रतिशत नतिजा छ, एउटा विद्यार्थीले मौका परीक्षामा सहभागि हुनु परेको छैन । 

* कुन कुन  विषयको पढाई हुने गरेको छ ,जब की विद्यार्थीले रोजेको विषयमा पढ्न पाउँछन् ?

निश्चय पनि हो । विद्यार्थीले रोजेको विषयमा पढ्न पाउनु पर्छ भन्ने उद्धेश्यले नै यो एम्स एकाडेमी कलेज स्थापना भएको हो ।त्यही रुची र चाहनालाई सत प्रतिशत पुरा पनि गर्दै आएका छौ ।

हाम्रो कलेजले विद्यार्थीको लागि साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, एजुकेशन, ह्युम्यानिटी विषयहरुमा अध्यापन गराउँदै आएका छौ ।

जो अहिलेको समयमा एकदमै आवस्यक रहेको छ । जुन विषय पढेर उनीहरुका् भविष्य उज्जवल बनाउन सफल बनोस्।कलेजमा तीन बर्षअघि देखि आम सन्चारको विषयलाई पनि पढाई शुरु गरेका छौ ।

जस्ले यो समाज र राष्ट्रलाई नजिकबाट नियाल्न सकोस्, सन्चार जगतलाई बुझ्न र चिन्न सकुन अनि एउटा सफल पत्रकार बन्न सकोस भनेर यो विषयलाई बिशेष प्राथमिकता दिएर अघि बढेका छौ । यहाँ पढेको विद्यार्थीहरु हाल आएर राम्रो स्थानमा पनि पुगेका छन् । यहाँको उत्पादन कोही होटल म्यानेजमेन्टमा क्रियाशील छन, होटल व्यवसाय पुर्ण रुपमा सन्चालन गरेर वसेका छन् ।

कोही विद्यार्थीहरु आफै कलेज सन्चालन गरेर अघि वढेका छन् । सरकारी तहको स्वास्थ्य क्षेत्र ,निजामती सेवा लगायत उच्च स्थानमा पुगेका छन् । एक जना विद्यार्थी त अन्तराष्ट्रिय पाइलट समेत वन्न सफल भएकी छिन् । यस्ता धेरै उदाहरण र सफलताहरु हासिल गरेका छन्,जुन कुरा स्कुलको मात्रै नभएर राज्यकै गहनाको रुपमा एम्स कलेजले विद्यार्थी उत्पादन गर्दै दक्ष वनाउँदै आएको छ ।   

* धरानमा अन्य कलेज पनि छ त किन रोज्ने विद्यार्थीले एम्स कलेज नै ? 

हो ,कलेजहरु त धेरै छन् । तर अन्य कलेजहरुको तुलनामा हामी विद्यार्थीलाई सफल बनाउँछौ । हामीसँग विषयगत दक्ष शिक्षकहरु रहनु भएको छ ।

हाम्रो शिक्षकहरु विद्यार्थीको लागि नितान्त फुल टायम खटिरहनु भएको छ । हाम्रो कलेज शान्त वातावरणमा सन्चालनमा रहेको छ ।

सुविधा सम्पन्न भवन , अत्याधुनिक ल्याब,स्मार्ट बोर्ड सहितको कक्षा, इलेक्ट्रिक लाइब्रेरी, कम्प्युटर ल्याबको व्यवस्था रहेको छ । गुणस्तरीय शिक्षा सहित हामी एकदमै विद्यार्थीलाई मर्यादित,अनुशासित बनाएर उज्वल भविष्य बनाउन हामी पुरा प्रयासरत रहेका छौं । 

* अनि महंगो र चर्को शुल्कको कारण विद्यार्थीहरु आफुले चाहेको विषय अध्ययन गर्नबाट बञ्चित हुन्छन नी ? 

हो , यो यर्थाथ कुरा हो । खासगरी कलेजहरुले लुट्छन भनेर गलत आरोप लगाइन्छ । अरु कलेजको कुरा गर्दिन ।

हाम्रो कलेज भने हामी जो विद्यार्थीसँग आर्थिक कमजोर छ,त्यो विद्यार्थीलाई हामी निशुल्क पढाउँछौ । विभिन्न विधाहरुमा हामी छात्रबृति दिएर जो कोही विद्यार्थी पढाईबाट बन्चित नहोस् भन्ने उद्धेश्यले  नै निशुल्क शिक्षा दिदैं आएका छौ । हरेक बर्ष विद्यार्थीका लागि यो व्यवस्था गरेका छौ ।

अर्को कुरा हामी कलेजले लिने शुल्कका संवन्धमा अभिभावकलाई नै राखेर हाम्रो खर्च यस्तो हुन्छ भनेर छर्लङ्घ देखाएर मात्रै लिने गरेका छौ । दोहोर संवाद र छलफल गरेर मात्रै शुल्क लिने गरेका हौ । यसकारण अभिभावकहरु हाम्रो कलेज प्रति सकारात्मक भएर छोराछोरी अध्ययन गराउनु हुन्छ । 

* तपाई भखरै मात्रै कलेजको प्रन्सिपल हुनु हुन्छ,आगामी दिनमा कलेजको लागि कस्तो नयाँ योजना बनाउनु भएको छ ? 

अवस्य पनि । मलाई सन्चालक समितीले पुर्ण विस्वासको साथ कलेजको प्रमुख बनाएको छ । यसमा म सम्पुर्ण सन्चालक समितीलाई धन्यबाद सहित आभार ब्यक्त गर्न चाहन्छु ।

आगामी दिनमा कलेजको बिकासको लागि म निरन्तर नै लागि पर्नेछु । कलेजको आफ्नै जग्गा सहितको स्वामित्वमा ल्याउन मेरो प्रयत्न रहने छ भने शैक्षिक स्तरलाई अझै राम्रो बनाउन पनि मेरो अहम भुमिका रहने प्रतिवद्धता ब्यतm गर्न चाहान्छु ।    

सन्तोष कोईराला 

प्रिन्सिपल 

एम्स एकाडेमी कलेज धरान १२ चतरा लाइन