धरान/ धरानको सुनाखरी एकाडेमी स्कुलले यो वर्षको एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल वनेपछि स्कुलले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ । 

विहान १० बजे स्कुलले सम्पुर्ण विद्यार्थीहरु सहित शिक्षक र शिक्षिकाले खादा लगाएर सम्मान गरेको प्रिन्सिपल मिलन कुमार राईले बताए ।

उनका अनुसार यो बर्षको एसईई परीक्षामा जम्मा २२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएको जनाइएको छ ।

ए प्लस्, २ जना, १४ जनाले ए र ६ जनाले बी ग्रेडमा उतीर्ण भएका हुन् । गत बर्ष पनि सुनाखरीले सत प्रतिशत नै नतिजा ल्याउन सफल भएको थियो ।

यो बर्षको ब्याज १४ औं ब्याज हो भने २०४५ सालमा सुनाखरी स्कुल स्थापना भएको हो । प्रिन्सिपल राईले दिएका जानकारी अनुसार अभिभावक दिवस कार्यक्रममा ए प्लस ल्याउने बिद्यार्थीलाई नगद सहित सम्मान गर्ने पनि बताइएको छ ।

सुनाखरीमा कक्षा ११ र १२ को पनि पढाई हुँदै आएको छ । स्कुलले उत्कृष्ट सहित सत प्रतिशत नतिजा ल्याउन सफल वन्नुमा विद्यार्थी,अभिभावक र शिक्षक  सबैका महत्वपुर्ण भुमिका रहकाले सफलता मिलेको प्रन्सिपल राईको भनाई छ ।