धरान/ बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षामा यसपाली धरानका नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट पाइएको छ ।

प्रायः निजि बिद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

धरानकै उत्कृष्ट विद्यालयमा चिनिदैं आएको  भिक्टोरी आवसिय मावि धरान ११ ले यो वर्षको नतिजा सतप्रतिशत गर्न सफल भएको छ ।

 धरान ११ को भिक्टोरी आवसीय माविको सत्प्रतिसत विद्यार्थी एसईईमा उतीर्ण भएको प्रधानाध्यापक विनोद राईले बताए ।

उनका अनुसार यो बर्ष १८ जना विद्यार्थी सहभागी रहेका थिए भने ए प्लस एक जना ए ग्रेड १० जना र ६ जनाले वि प्लस ल्याएर उतीर्ण भएका छन् ।

प्र.अ राईका अनुसार गत बर्षको तुलनामा यो बर्षको नतिजा राम्रो र उत्कृष्ट नतिजा हो । उक्त स्कुलमा  कक्षा ११ र १२ सम्म पढाई हुँदै आएको छ । स्कुलले यो वर्षको भर्ना अभियान पनि शुरु गरेको छ ।

भिक्टोरीमा कम्युटर साइन्स र म्यानेजमेण्ट विषयमा अध्यापन गराईदै आएको छ ।