इटहरी/ सुनसरीमा यस वर्षको एसइई परीक्षाको नतिजामा तिन ओटा विद्यालय निल भएको छ ।

धरान उपमहानगरपालिकामा रहेको पञ्चायत मावि, किरातेस्वर मावि र रामधुनी नगरपालिकामा रहेको पञ्चायत माविको नजिता निल भएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ ।

तथ्याँक अनुसार सुनसरीबाट १३ हजार चार सय २५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये इटहरीको ग्रीनपिस एकेडेमी र धरानको विष्णु मेमोरियल माविका एक एक जना विद्यार्थीले चार जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ ।

इटहरीमा रहेका केही सामुदायिक बिद्यालयका विद्यार्थीहरूको नतिजा एकदमै कमजोर देखिएको छ ।

कुल १८ सामुदायिक विद्यालयबाट एक हजार २ सय ८५ जना विद्यार्थी सामेल भएको परीक्षामा ५ सय २० जना मात्र उत्तीर्ण यानिकी ४०.४६ प्रतिशत रहेको छ ।

इटहरीस्थित महेन्द्र माविका कुल ४६ जना विद्यार्थीले एसइई परीक्षा दिएको भए पनि एक जना निमिसा याक्खा मात्र उत्तीर्ण भएकी छिन् ।

यसैगरी इटहरी ७ मा रहेको लक्ष्मी माविबाट ३० जना विद्यार्थीले एसइई दिएकोमा एक जना नाम्य चौधरी मात्र उत्तीर्ण गरेर स्कुलको खाता खोलेका छन् ।

यस्तै इटहरी १७ मा रहेको जनजागृति माविबाट १४ जना विद्यार्थीले परीक्षा दिएकोमा एक जना मात्र शुष्माकुमारी राजवंशी उत्तीर्ण भएकी छिन् ।

यस्तै इटहरीमै रहेको सरस्वती माविबाट ४२ जना विद्यार्थीले परीक्षा दिएको भए पनि १७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी इटहरी १७ मा रहेको पकली माविबाट ४६ जनाले परीक्षा दिएकामा १५ जना उत्तीर्ण भएका छन् ।

यस्तै इटहरी २० तरहरामा रहेको जनसहयोग माविमा एक सय पचास जनाले परीक्षा दिएकोमा ५९ जना मात्र उत्तीर्ण भएको इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

इटहरी १२ स्थित शारदा माविबाट एक सय जना विद्यार्थीले परीक्षा दिएकोमा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसै गरी इटहरी १४ मा रहेको शान्ति सृजना माविबाट २६ जना विद्यार्थीले परीक्षा दिएकोमा चार जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।

इटहरी २ कचना माविबाट ६७ जनाले परीक्षा दिएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै इटहरी ६ मा रहेको कबिर माविबाट ६० जना परीक्षामा सामेल भएकोमा २१ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।

इटहरी १९ मा रहेको जब्दी माविमा १९ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन । इटहरी ६ मा रहेको जनता माविमा २ सय ७७ जनाले परीक्षा दिएकोमा १ सय ३८ जना उत्तीर्ण भएका छन् ।

इटहरीकै ज्योति माविबाट ७४ जनाले परीक्षा दिएकोमा ११ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । इटहरीमै रहेको सरस्वती जब्दी माविबाट ४२ जनाले परीक्षा दिएकोमा १७ जना उर्तिण भएका छन् ।

यता इटहरी ८ मा रहेको सरस्वती सदन माविबाट ५५ जना ७ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । इटहरीमै रहेको राष्ट्रिय माविबाट १ सय ५ जनाले परीक्षा दिएकोमा सबैभन्दा बढी ९० जना उत्तीर्ण भएका छन् ।

 श्रोत : पवन अधिकारी