धरानर्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको  कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार बितरण गरिएको छ।  

     धरान–८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा बिजेता ममता तामाङलाई धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गरे।

यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप– मेयर बेघाले  क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरे।

      सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १÷१ हजार रुपैया प्रदान गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

यति सानो उमेरमा देशका समसामयिक बिषयमा बोलेर बिजेता बन्न सफल भएको भन्दै उप–प्रमुख बेघाले  बिद्यार्थीहरुलाई बधाई दिए।

भबिष्यमा  प्रधानमन्त्री, पालिका प्रमुख लगायत विभिन्न पदमा पुगी देशको सेवा गर्न उप–मेयर बेघाले बिद्यार्थीहरुलाई उत्प्रेरणा दिए।

पुरस्कार बितरण कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सि.ई.ओ.सुरेन्द्र घिमिरे र शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बुको उपस्थिति थियो।