विराटनगर/  विराटनगर महानगरपालिकाको प्यारागन सेकेण्डरी एकेडेमी स्कुलमा बिद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।

विराटनगर वडा नम्बर ३ मा रहेको प्यारागन मार्गमा रहेको उक्त स्कुलको गुणस्तरीय शिक्षा र पठनपाठनमा बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि अहिले अभिभावक र बिद्यार्थीहरु खोजी खोजी स्कुलमा पुग्ने गरेका छन् । प्यारागन यो बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर  सत प्रतिशत विद्यार्थी उतीण हुन सफल भएको छ ।

प्यारागनमा नर्सरीदेखि प्लस टु सम्मको पढाई हुने गरेको छ । गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई ब्यवहारिक  र सरल शैलीले  पठनपाठन हुने गरेकाले हरेक बर्ष परीक्षाको नतिजा उत्कृष्ट भएको प्यारागनका प्रिन्सीपल शंकर काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार यो वर्षको एसइई परीक्षामा विद्यार्थी सत प्रतिशत उत्कृष्ट नतिजा ल्याएका छन् ।

८० प्रतिशत विद्यार्थीले ए प्लस  र २० प्रतिशत बिद्यार्थीले ए ग्रेड ल्याएको बताएको उनले बताए ।‘यो नतिजा  उत्कृष्ट नतिजा हो,विद्यार्थीलाई परीक्षामा राम्रो नतिजा ल्याएर उतीर्ण गराउन विशेष प्राथमिकता दिएका हुन्छौ,छुट्टै पुर्व तयारी कक्षा नै सन्चालन गर्दै आएका छौ,जस्ले गर्दा बिद्यार्थीको ज्ञान अझै बढेर जानेछ र परीक्षामा राम्रो नतिजा ल्याउन सफल हुन्छन’ उनले भने ।

हामी किताबमा मात्र हैन अतिरिक्त कृयाकलापलाई पनि प्राथमिकतामा राख्ने गर्दछौं उनले भने ।

यो बर्षदेखि कक्षा ११ र १२ को पढाई हुने

अभिभावक र बिद्यार्थीको चाप दिनानु दिन बढ्दै गएपछि अव यो बर्षदेखि स्कुलले भने कक्षा ११ र १२ को कक्षा पनि शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि भर्ना अभियान पनि शुरु भएको छ ।

अभिभावक र विद्यार्थीको मागलाई मध्यनजर गर्दै कक्षा थप गरेको स्कुलले जनाएको छ । एसइई दिएका विद्यार्थी र अन्य विद्यार्थीलाई सहज होस् भनेर कक्षा ११ र ११ को कक्षा सन्चालन गर्ने तयारी गरेको प्रिन्सीपल काफ्लेको भनाई छ ।

कानुनलाई बिशेष प्राथमिकता

अहिले विशेष गरी चिकित्कस ,प्राविधिक शिक्षा र अन्य विषयमा मात्रै विद्यार्थीको आकर्षण बढिरहेका बेला जुन अति आवस्यकीय रहेको छ ,

कानुनको विषयमा त्यति खासै रुची र चासो पढेको पाईदैन । तर मानव जीवनको लागि कानुनको पाटो जानकार हुन नसक्दा पाइला पाइलामा अप्ठयारो परिस्थिती सामना गर्नु परेको छ ।

घरमा आफ्ना छोरा छोरी पढे लेखेका त हुन्छन तर कानुनको विषयमा भने अरुसँग साहारा लिनु पर्छ ।

यही कुरालाई मध्यनजर गरेर प्यारागन एकेडेमीले कानुनको विषयलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीलाई अध्ययन गराउने भएको छ ।

कानुनको नमुना विद्यालय बनाउने उद्धेश्य रहेको छ ।

सैद्धान्तिक पक्ष र व्यवहारिक पक्ष दुवै  नै विद्यार्थीलाई गराइने प्रिन्सिपल काफ्लले बताए । उनले भने,‘हामी स्कुलमा सैद्धान्तिक पक्ष  पढाउँछौ र अदालत लगेर प्रयोगात्मक शिक्षाको लागि लैजानेछौ,जस्ले गर्दा विद्यार्थीलाई दुवै कुराको ज्ञान होस् ।’

कानुन पठेपछि व्यवहारिक फाइदा र जीविकोपार्जनमा समेत त्यो विद्यार्थी भविष्यमा अगाडि बढ्ने छ । यसैगरि कानुनलाई पहिलो प्राथमिकता दिर्दै म्यानेजमेण्ट र एजुकेशन विषयमा पनि प्यारागनले अध्ययन गराउने भएको छ । दक्ष शिक्षक शिक्षिका, व्यवहारिक शिक्षा र प्रविधी मैत्री वातावरणमा सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने छन् ।