धरान/  धरानको युएन कलेजमा बिद्यार्थीहरुको आकर्षण बढेको छ । कलेजले यस बर्षकोलागि लिएको  इन्ट्रान्स परिक्षामा उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएको कलेजका प्रमुख डम्बर तुम्बपोले जानकारी दिए ।

होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै उत्कृष्ट  कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको हो । 

स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायकोलागि  परिक्षा लिएको थियो । 

परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको प्रमुख  तुम्वापोले जानकारी दिए । 

प्रिन्सिपल तुम्वापोले परिक्षामा ४३५ जना सहभागी भएको बताए । जसमा ३६४ होटल मेनेजमेन्ट, विज्ञान,व्यवस्थापन,कम्प्युटर विज्ञानसंकायमा  पढनको लागी पास भएको   तुम्वापोले बताए । 

युएन कलेज प्रति अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको चाप वढेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने प्रमुख  तुम्वापो भनाई  छ । 

दक्ष र अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने भएकोले युएन कलेजले होटल मेनेजमेन्टमा धरान टप, प्रदेश टप हुदै नेपाल टपको नतिजा समेत ल्याउने गरेको छ । 

युएन कलेजमा पढने विद्यार्थीहरुले वारीष्टाको समेत तालिम गर्ने अवसर पाउनुका साथै पढदै कमाउदै भन्ने अभियानमा समेत सहभागी हुन पाउने पव्लिक रिलेसन अफिसर रामबहादुर लिम्वुको भनाई रहेको छ ।

ununn