धरान/ धरानको एक र भोजपुरका सहित भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बिभत्स हत्या भएको छ । 

मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो ।

मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।

तर को को मारिए भन्ने परिचय खुल्न सकेको छैन । भारतीय सन्चारमाध्यमले जनाए अनुसार इलामको पनि रहेको जनाइएको छ ।

यो घटनाबारे दिल्ली स्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।