धरान / धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी एक महिने तालिम आइतबार सुरु भएको छ ।

कलेजले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । ‘

स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्ट (एचएम) विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।

केरनले मेघा कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम दिइरहेका छन् ।

स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर्ष होटल म्यानेजमेन्ट र होस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी तालिम प्रदान गरिने विभागीय प्रमुख श्रेष्ठले जनाए ।

यस क्रममा कलेजका अभिभावक र धरानका विभिन्न होटल व्यवसायीलाई समेत तालिम प्रदान गरिने मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले जानकारी दिए ।  

यो तालिमले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पु¥याउने सहजकर्ता मार्क थोमस केरेनले बताए ।

हस्पिटालिटी इन्डस्ट्रीमा २५ वर्षको अनुभव हासिल गरिसकेका केरेनले विश्वका ४९ देशहरूमा तालिम दिइसकेका छन् ।