धरान/   धरान सब डिभिजन बन कार्यलयले अवैधरुपमा ल्याउदै गरेको चार वटा ट्रकमा लोड गरिएको ठुलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको छ ।

रामेछापबाट लोड गरी सुनसरीको धरान स्थित सूर्य कत्था उद्योगको नाममा ल्याउँदै गरेको काठ बुधबार  नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिभिजन बन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए  ।

रामेछापबाट लोड गरेर ल्याइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा प्रहरीसंगको समन्वयमा नियन्त्रणमा लिइएको हो । उक्त ट्रक धरान स्थित वन कार्यलयमा राखेर अनुसन्धान भईरहेको छ । 

चार वटा ट्रकमा लोड गरेर ल्याइँदै गरेको ३२ लाख मुल्य बराबरको ९८९.३२ किवि खयरको काठ डिभिजन वन कार्यलय रामेछापलेनै शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यादवले बताए ।

नियन्त्रणमा लिइएको काठ धरानको तीन कुने स्थित चेकजाच गर्दाबीच बाटोमै सिल खोलिएको पाइएपछिअनुसन्धानको लागि नियन्त्रणमा लिइएको यादवको भनाइ छ ।

डिभिजन वन कार्यलय रामेछापले पछि गुनासो आएपछि कैफियत भेटिएको भन्दै सिन्धुली प्रहरीलाई नियन्त्रणमा लिन अनुरोध गरेको थियो ।

सिन्धुली प्रहरीले केहीबेर ट्रक नियन्त्रणमा लिएर टिभिजन वन कार्यलय दुधौलीको रोहबरमा छाडेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए  ।

वन ऐन अनुसार सुनसरी डिभिजन कार्यलयले नै अनुसन्धान गर्नुपर्ने काफ्लेले बताउनुभयो ।

उक्त ट्रकहरु अवैधरुपमा सुनसरी भित्रिएको सुचना पाएपछि वन कार्यलय सुनसरी र प्रहरीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

नियन्त्रणमा लिइएको ट्रक सुरक्षा अधिकारीहरुको टोलीले अनुगमन गरेर छानबिन गर्न वन कार्यलयलाई निर्देशन दिएको बताइएको छ ।