धरान/  पालाम दर्शन हो,गीतको भिडियोले त्यो दृष्यलाई कैद गरेको छ,गाउँ घरमा लिम्वू जातीले नाँचिने पालमलाई छर्लङ्गै देखाउन खोजिएको छ,म त निकै यो ओजपूर्ण पालम हेर्दा गाउँघरमै पुगेको अनुभुति भयो,अहिलेको पुस्ताको लागि यो गीतले लिम्वुजातीको पालामको बारेमा बोध गराउँछ र संस्कार संस्कृतिको बारे जानकार गराएको छ । 

शनिबार चर्चित गायक तथा नायक कुशल थलङले रिलिज गरेको नौतुन मायाको गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी रहेका खगेन्द्र पन्धाकले उक्त गीतको खुलेर प्रशंसा गरेका हुन् । कार्यक्रम विभिन्न व्यक्तित्वहरु माझ प्रमुख अतिथी पन्धाकले रिलिज गरेका थिए ।

हेर्ने र सुन्ने अतिथीहरुले उक्त नौतुन मायाको खुलेर प्रशंसा गरेका थिए र मन पराएर आगामी दिन समेत संस्कार संस्कृतिको बारेमा यस्ता गीतहरु ल्याउन गायक कुशल थलुङलाई सुझाएका थिए । 

चर्चित गायक तथा पछिल्लो समय चलचित्रहरुमा व्यस्त अभिनेता कलाकार कुशल थलङले आफ्नो सांगितिक जीवनको दौरानमा पहिलो पटक  लिम्बु समुदायको एक लोकगीत मानिने पालम  गाएका हुन् ।  उनले पालम कि चर्चित गायिका मनु नेम्बाङ सँग गाएका हुन ।

मदन वानेमको शब्द, शिव सम्बाहाम्फेको लयमा कुशल र मनुले गाएको गीत शनिवार धरानमा एक कार्यक्रम आयोजना गरी सार्वजनीक गरिएको छ ।

दिनेश राईले खिचेको भिडियो लाई सम्पादन, कलर र ड्रोनको काम शिर कुमार साम्पाङले गरेका छन ।

मिना हुक्पा चोङ्बाङ निर्मात्री र डम्बर कुमारी पयाङ मेन्याङ्बो सह निर्मात्री  रहेको पालमको  म्युजिक भिडियोमा गायक   कुशल थलङ,   बिनु तुम्बाहाम्फे, गायक  डि. बि. लिम्बू,मिना हुक्पा चोङ्बाङ(यक्सो),डम्बर कुमारी पयाङ्गु(मेन्याङ्बो),शिव सम्बाहाम्फे,  पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङ्लेकूको अभिनय रहेको छ । 

उनले भने,“पालम भित्र सृष्टि देखि मानव सभ्यताको विकासद प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लोकगीत हो ।  पालम नबुझ्ने लाई अल्छी लागेपनी बुझ्नेलाई यो औधी मन पर्ने र हस्यौली ठट्यौली संगै धुरुधुरु रुवाउने सम्म हुने गर्दछ  ।

पालम लिम्बु समुदायको विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइने गरिन्छ ।

  पालम धान नाच नाच्दा गाइन्छ केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइने गीत हो ।”

नेपाली संगीतको दुनियाँमा दर्जनौ कर्णप्रिय र कालजयी गीत गाएर ख्याती कमाएका थलङले पालम चाँही पहिलोपटक अनुभव गरेको र अवसर पाए अगामी दिनहरुमा पनि पालम गाउँने बताएका छन् । 

उनले थुप्र आधुनिक, चलचित्र, लोक गीत , लिम्बु गीतहरु गाइसकेका छन् । 

चलचित्र ’युक्पुङ’ प्रर्दशनको तयारी 

गीत संगीत संगै पछील्लो समय अभिनयमा व्यस्त भएका थलङको पछील्लो चलचित्र ’युक्पुङ’ हो । यो चलचित्रलाई दर्शकहरुले धेरै रुचाएका पनि छन् । यही चलचित्र प्रदर्शनको लागी थलङ र कलाकार गायक डिबी लिम्बु हङकङ पनि जाने भएका छन ।