बराहक्षेत्र/ नमस्कार,‘म बाँच्न चाहन्छु,मलाई बचाउनु होस्’। बराहक्षेत्र चतराका सन्चारकर्मीलाई देख्ना साथ हात जोड्दै उनले  बिन्ती गरे ।

दुबै मृगौला बिग्रिएर जीवनको लागि  संघर्ष गरिरहेका पुर्व शिक्षक हेमराज राईलाई भेट्न  उनको घरमा पुग्दा,राई  खाली शरिर भुईमा सुतिरहेका थिए ।हेम सर नमस्ते, आवाज सुन्न साथ सकिन सकी उठेर अभिवादन फर्काउँदै करुण याचनायुक्त उनको पहिलो वाक्य नै मलाई बचाउनुहोस्  रहेको थियो ।

करिव दुई वर्ष अगाडि मृगौलामा समस्या भएको थाहा भयो, भएको पैसाले उपचार गराए, सबै सकियो ।

रोग बढेर अहिले दुवै किडनी फेर्नुपर्ने भएको छ,साथमा एक पैसा पनि छैन । घर कमाउने म मात्र छु, म नै थला परेको छु ।दुवै मृगौला फेर्न २० लाख रुपैयाँ लाग्छ, किडनी दिने डोनर छन  तर  प्रत्यारोपण गर्ने खर्च छैन । खर्च नभएर घरमा छट्पटी रहेको छु ।

केही दिन अघि मात्र आमालाई गुमाए,वुवालाई घाँंटिको क्यान्सर भएको छ,  घाउले उहाँलाई पोलि रहन्छ, बस्न नसकेर दिनभरी भौतारी रहनुहुन्छ,यता म तडपिरहन्छु ।

म बाँचे केही गर्छु भनेथे, तर म मरे परिवार लाई के होला, कसैले मेरो सानो छोरा लाई पढाईदिए, म मरे पनि मेरो आत्माले शान्ती पाउँथ्यो,संगै  सुतिरहेको साँढे ३ वर्षको छोरा आयाम राईलाई देखाउँदै उनले भने ।

४५ वर्षका युवा राई स्थानीय वडा १ को सुर्यकुन्ड स्थित सामुदायिक विधालयमा साढे १७ वर्ष शिक्षण पेशा गरे ।

अहिले उनी बराहक्षेत्र नगरपालिकाको वडा २ स्थित  कान्छीचौक चतरा सडकखण्डको करम खोला नजिक सिंहदेवी टोल स्थित भाँडाको घरमा बस्छन् ।

स्थानीय नेपाली कांग्रेस वडा १ का सभापति र उपसभापति ईश्वर थापा र वृजनन्दन साह सामेल हामी संगको कुराकानीमा पटक पटक राईले जीवन बचाईदिन गुहार गरेका थिए ।

शिक्षक राईको जिवन  हामी सबै मिलेर बचाउ, उहाँ लाई अहिले आर्थिक सहयोगको ठूलो आवश्यकता छ, सबैले चन्दा दिऔं, सभापति थापाले आग्रह गरे ।

हामी जसरी भए उहाँ लाई बचाउने प्रयास मा छौं, धेरै हैन, थोरै भए पनि चन्दा दिनुहोस,  उहाँको जीवन बचाईदिनुहोस, अर्का उपसभापति साहले अनुरोध गरे ।

कुराकानीमा  सामान्य जस्तो लागेता पनि रोगले उनलाई पुरै गांँजेको छ । तरपनि जिउने प्रवल इच्छाशक्तिले अहिले सम्म उनलाई स्थिर बनाएको छ ।