धरान/ कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले युएन-नबोदय कलेजले संचालन गरेको पढ्दै कमाउदै शिक्षा प्रती चासो व्यक्त गरेका छन।

 बिहिबार कलेजको  भ्रमणका क्रममा यु.एन.ले नै संचालन गरेको युएन केक एन्ड बारिष्टाको अवलोकन गर्दै मन्त्री राना मगरले उक्र चासो ब्यक्त गरेका हुन।

क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बि.एच.एम.मा  यु;एनका बिद्यार्थीले प्रदेसकै टप देखि नेपालमै दोश्रो स्थान सम्म ल्याउन सफल भएको मन्त्रीलाई जानकारी गराए।

यसै क्रममा क्याम्पस प्रमुख तुम्बापोले होटल म्यानेजमेन्टका बिद्यार्थीलाई पढ्दै कमाउदै गर्न सजिलो होस र प्राक्टिकल गर्न समेत अझ सहज होस भन्ने उद्येश्यले यु।एन।केक एन्ड बारिष्टा सन्चालनमा ल्याएको मन्त्रीलाई जानकारी गराए।

 युएन केक एन्ड बारिष्टाको अवलोकन पछि मन्त्री राना मगरले हाम्रो देसमा शैद्धान्तिक भन्दा ब्यबहारिक शिक्षा नै बढी उपयोगी हुने यो ज्वलन्त उदाहरण भएको बताए।

केक र कफी मेशिन देखाउदै मन्त्री राना मगरले कसरी बन्छ भनेर बिद्यार्थीहरुसङ्ग जिज्ञासा राखेका थिए।

बिद्यार्थीहरुले केक र कफी बनाउने तरिका बारे मन्त्रीलाई जानकारी गराए।पढ्दै कमाउदै गर्न पाईन्छ भनेर नेपाली विद्यार्थी बिदेस जान्छन तर यसरी आफ्नै देशमा पढ्दै कमाउदै गर्न सक्ने बाताबरण सबैतिर बनाउन सके बिद्यार्थीहरु अध्ययन र रोजगारीका लागि बिदेसिनु नपर्ने मन्त्री राना मगरले बताए।

 कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले यु.एन- नबोदय होटल म्यानेजमेन्टमा ब्रान्ड कलेज भएको बताउदै प्राक्टिकल, किचन ल्याब, हाउस किपिङ, हस्पिटालिटि आदीको बारेमा मन्त्रीलाई जानकारी गराए।

कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बुले अवलोकन कार्यक्रमको सहजीकरण गरे।

तस्बिरहरु:

unnnn

uu
un-nav
unnn
unn
un-na
un-ca