धरान/ गीत संगीतको उर्वरभूमिको रुपमा चिनिएको धरानमा नयाँ कलाकारहरुलाई अवसर दिने उद्देश्यले विजयपुर मिडिया ग्रुप प्रा.लि. अन्तर्गतकाे विजयपुर एफ.एम. धरानले आफ्नो १६ बार्षिकोत्सवको अवसरमा ‘भ्वाइस अफ धरान २०८१’ को आयोजना गर्ने भएको छ ।

राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय गायन प्रतियोगिताको आयोजना हुने गरेपनि स्थानीय स्तरमै हुन लागेको गायन प्रतियोगिता नेपालमै पहिलो भएको आयोजकको दाबी छ ।

धरानमा रहेका तर आर्थिक तथा विविध कारणले संगीत क्षेत्रमा लाग्न पहुच नपुगेकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

शिक्षा स्वास्थ्य, मनोरञ्जनसँगै सूचना सम्प्रेषण गर्ने उद्देश्यलै १६ बर्ष अगाडि स्थापना भएको विजयपुर एफ.एमले विगतदेखि नै आफ्नो बार्षिकोत्सवको अवसरमा नयाँ नयाँ कार्यक्रम ल्याएर आउने गरेको छ ।

यो मिडियाले १२ औ सौही अवसरमाबार्षिकोत्सवको अवसरमा धरानबाटै उत्पादन  भएका र अहिले नेपालकै प्रख्यात गायक दिप श्रेष्ठसँगै १५ जनाले एफएमकै स्टुडियोबाट ‘म्युजिकल सेलिब्रेसन सिजन १ अन्तर्गत रेडियो लाइभ कार्यक्रम अन्गर्तत विभिन्न प्रस्तुति गरेका थिए भने सोही दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

यस्तै  १४ औ बार्षिकोत्सवमा नेपालका पुराना गायक गंगा बरदानलाई दीर्गजीवन सम्मान गरिएको थियो भने म्युजिकल सेलिब्रेशन सिजन २ अन्तर्गत १३ जना कलाकारहरुै स्टुडियोबाट प्रत्यक्ष प्रस्तुतिकरण दिनु भएको थियो ।

यसैगरि १५ औ बार्षिकोत्सवको अवसरमा नयाँ स्वादसहित दिने अभिप्रायले संगीतमा साहित्य कार्यक्रम अन्तर्गत दिग्गज कविहरुका कवितामा संगीत भरेर दर्शकलाई मनोरञ्जन दिन संगीत कन्सर्टको आयोजना गरेको थियो ।

यस बर्ष भने १६ बार्षिकोत्सवमा नयाँ पुस्ताका जो संगीत क्षेत्रमा लागेका छन् उनीहरुको क्षमता बाहिर ल्याउन भ्याइसअफ धरान २०८१ को आयोजना गर्ने भएको छ ।

भदौ ५ गतेबाट अडिसन शुरु हुने विजयपुर मिडिया ग्रुप प्रा.लि.की कार्यकारी निर्देशक हिमाल राईले बताइन् । उनले नयाँ पुस्तालाई संगीतमार्फत प्रस्फुटन गर्ने अभिप्रायले धरानमै पहिलो पटक आयोजना गर्न लागिएको कार्यक्रमलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् ।

कार्यक्रममा प्रारम्भिक चरणमा २५ जना प्रतिभा छानिनेछन् । दोस्रो अर्थात पियानो राउन्डमा १५ जना र भदौ १२ गते हुने अन्तिम प्रतिष्पर्धामा १० जना प्रतिभा छानिनेछन् ।

शुरुका प्रस्तुतिमा अरुका गीत संंगीतमा प्रतिष्पर्धा गरे पनि अन्तिम प्रतिष्पर्धामा आफ्नै रचनामा लेखिएको गीतलाई संगीत गरेर सुनाउनुपर्ने भएकोले अरु प्रतियोगिताभन्दा फरक हुने निर्णायको भूमिका निर्वाह गर्नुहुने संगीतकार विजय राईले बताए ।

यो कार्यक्रम नितान्त फरक धारको भएकोले यसलाई धरान संगीत प्रतिष्ठानले समेत सहयोग गर्ने जनाएको छ । धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवम २ नं वडा कार्यालयका वडाध्यक्ष रमेश राईले प्रतिष्ठानका तर्फबाा सहयोग गर्ने प्रतिबदता जनाए ।

प्रतियोगितामा टाइटल जित्नेलाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिने छ भने फस्ट रनरअप र सेकेण्ड रनरअफलाई क्रमश : १५ हजार र १० हजारसहित ट्रफी प्रदान गरिने प्रोग्राम प्रोड्युसर एवम डाइरेक्टर प्रमोद पौर्तेलले जानकारी दिए ।

१५ देखि ४० बर्ष उमेर समूहलाई सहभागिता गराउने भनिएको सो गायन प्रतियोगिताले गायनमा लागेकाहरुको भविष्य निर्माणमा एउटा इँटा थप्ने काम विजयपुर मिडिया प्रा.लिले गरेको छ । यो कार्यत्रमलाई निरन्तता दिने प्रा.लि.ले प्रतिबद्धता समेत जनाएको छ ।