धरान/ सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ।

दुर्व्यसनीमा फसेका तथा छुटेका युवाहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए। उनका अनुसार यो बर्ष रिकभरिहरुको मात्रै प्रतियोगिता हुनेछ।

प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिए। महिलाको पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनुपर्ने आयोजकले जनाएको ५। प्रतियोगितामा धरान, पोखरा, काठमाडौ, चितवन, झापा, मोरङसङ्गै भुटान, सिलगुडी, सिक्किम, दार्जीलिङ, ग्यान्टोकबाट पनि टिमहरु सहभागी हुने अध्यक्ष ताम्राकारले जानकारी दिए।

पुरस्कार रासी कति ?

प्रतियोगितामा ओपन रिकभरिङ तर्फविजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जानकारी दिएको छ।

भेट्रानतर्फ प्रथम पुरस्कर नगद ५० हजार, दोस्रो पुरस्कर ३० हजार र तेस्रो २० हजार पु रस्कर पाउने अध्यक्ष ताम्राकारले बताए।

महिला तर्फ प्रथम पुरस्कर २० हजार र दोस्रोलाई१० हजार दिइने छ।