धरान/  शान्ति श्रेष्ठले हरियो मकै बेचेर मनग्यै आम्दानी गर्दै आएकी छिन् । श्रेष्ठले धरान १ स्थित लक्ष्मी चौक दक्षिण पुर्व साइडमा हरियो मकै बेचेर राम्रो आम्दानी गर्छिन । दैनिक जसो सय देखि डेढसय घोगा मकै पोलेर विक्री गर्दछिन् ।

पोलेको मकैलाई उनी ३० देखि ४० रुपैयाँ सम्म बिक्री गर्छिन । दैनिक श्रेष्ठको नभएपनि औशतमा ४  हजार रुपैयाँ त मकै पोलेर नै कमाई हुन्छ । यो औषत दैनिक बिक्री हुने मकैबाट उनको मासिक आम्दानी ९० हजार भन्दा माथि हुने गरेको बताउँछिन् ।

राम्रै छ,लेबर काम गर्नु भन्दा त यहीँ नै सजिलो छ,बुढेसकाल पनि लाग्यो,यसरी नै चलेको छ जीवन श्रेष्ठले भनिन् । पोलेको मकै खानेहरुले प्रायःजसो त्यहीँ मुढामा बसेर मकै खाने गरेका छन् । दिउँसो १ बजेदेखि सडकपेटीमा नै पोलेको मकै वेचेर सात जनाको परिवारको जीवन चलेको छ ।

बेलुकी ८,९ बजे सम्म त्यही सडकपेटीमा मकै पोल्दै बच्दै बस्छिन् ।हरियो खोसेला सहितको मकै धरान बाहिरबाट ल्याउने गरेका छन् ।

श्रेष्ठले मकै सुनसरीको श्रीलंका टापुबाट खरिद गरेर ल्याएकी हुन् । बढ्दो शहरीकरण भई घनाबस्ती र प्लटिङले गर्दा खेतीपाती हुन छाडेको छ ।

धान,मकै,कोदो जस्ता कृषि जन्य बस्तुहरु उत्पादन हुन छाडेका छन् । खेतबारी बाझै छन ।

त्यसैले कृर्षिजन्यबस्तुको लागि पर निर्भर हुनु परेको छ । धरानमा ल्याएर विक्री गर्ने हरियो मर्क चितवनदेखि पनि आउने गरेको मकै पोलेर विक्री गर्दै आएकाहरुले बताए छन् ।

ढुवानी सेवा मार्फत इटहरी,धरान,विराटनगर लगायत सम्म चितवनको मकै आउने गरेको उनीहरुको भनाई छ ।