धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजमा  बि.एच.एम.तेस्रो सेमेस्टरमा अध्ययन गर्ने बिद्यार्थीहरु कोशी प्रदेश टप भएका छन् । 

 छात्रा सिम्रन तामाङ प्रथम भएसँगै प्रदेश टप भएकी हुन् ।उनी सहित कलेजले द्धितीय,तृतीय हुने विद्यार्थीलाई शुक्रवार सम्मान गरेको छ ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. तेस्रो सेमेस्टरको परीक्षामा जि.पि.ए. ३ दशमलव ८८ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश दोश्रो हुने स्मारिका श्रेष्ठ र तेश्रो अंशु मंग्रातीलाई पनि क्रमसः १५ हजार र १० हजार नगद सहित सम्मान गरेको थियो ।

दोश्रो हुने श्रेष्ठले ३ः८७ र तेश्रो हुने मंग्रातीले ३ः८५ जिपिए ल्याएका छन् । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ,लगाएत प्रध्यापकहरुले सिम्रनलाई बधाई दिएका थिए ।

सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे।

नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहेको पनि कलेज प्रमुख तुम्बापोले बताए । आफुले मिहिनेत गरे अनुसार प्रदेस प्रथम भई कलेजले सम्मान गर्दा खुशी लाग्नुका साथै थप हौसला मिलेको सम्मानित छात्रा तामाङले बताइन ।

युएन नवोदय कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि नगद सहित सम्मान गर्दै आएको छ ।