धरान : धरानमा छुरा प्रहारबाट एक किशोरीको मृत्यु भएको छ भने उनीकी आमा गम्भिर घाईते भएकी छन् ।

धरान ३ का जनप्रतिनिधि मिङ्मा भोटेका अनुसार परीवारका नातेदारको छुरा प्रहार गरेपछि  आमा सृजना राई(शाहि) र छोरी युजिना शाही गम्भिर घाईते भएका थिए ।

उनीहरुलाई तत्काल उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

तर उपचारको क्रममा छोरी युनिसाको मृत्यु भएको र आमा सृजनाको उपचार भईरहेको धरान ३ का जनप्रतिनिधि मिङमा भोटेले जानकारी दिए ।

छुरा प्रहार गर्ने नातामा ज्वाई पर्ने ब्यक्तिलाई धरान प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।