धरान/ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा धरानमा महिला उधमीहरुको महिला उद्यमी प्रदर्शनी मेला  हुने भएको छ ।

महिलाहरुको उद्यमशीलतालाई प्रोत्साहन गर्नको लागि  मेला यही भदौ १३ गतेदेखि धरानमा हुने भएको हो ।

ba

उक्त मेला १३ गतेदेखि १५ गते सम्म हुने भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेलामा  स्थानिय उत्पादनलाई प्राथमिकता दिने आयोजकले बताएको छ ।

४५ वटा स्टल सहित प्रदर्शनी मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा  राखिने संघका सचिब महेन्द्र प्रधानको भनाई छ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार उक्त प्रदर्शनी मेलाको उद्घाटन कोसी प्रदेशका राज्यमन्त्री सिर्जना राईले गर्ने कार्यक्रम रहेको छ ।

मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ भने  १० हजारले मेलामा  अवलोकन गर्ने अनुमान रहेको अध्यक्ष श्रेष्ठले बताए ।