धरान/ अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या गरिएको छ ।

२१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छिन् ।

ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेकी हुन्।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

यसै गरि धरानमा छुरा प्रहार भएको २४ घण्टा वित्न नपाउँदै सुनसरीको  इटहरीमा चार जना युवाहरुले  एक युवकलाई लखेटी लखेटी खुकुरी प्रहार गरेका छन् ।

 बुधबार दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।इटहरीको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो ।

इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् ।

इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरू इटहरीकै भएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । केही भने पकलीतिरकै रहेको र केही अन्य ठाउँका पनि रहेको प्रहरीले जनाएको छ ।

‘घटना भएपछि पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका छौँ,’अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अहिले घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज पनि हेर्ने काम भइरहेको छ ।

’प्रहरीले अहिले घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ ।

यो समाचार तयार पारुन्जेल सम्म प्रहरीका अनुसार घटनाको कारण भने पत्ता लागेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार घटनामा चारजना युवक संलग्न छन् ।‘सबै युवक करिब २० वर्ष उमेर समूहका छन्, सबैको हातमा खुकुरी पनि थियो,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘लखेटी लखेटी खुकुरी प्रहार भयो ।

हामी कसैले प्रहरीलाई फोन गर्यौँ, कसैले होहल्ला गरेपछि यहाँबाट पूर्वतर्फ भागेका छन् ।

’धरान मंगलबार मध्यान्ह भएको छुरा प्रहारको घट्ना सेलाउन नपाउँदै बुधबार इटहरीमा खुकुरी प्रहारी भएको हो ।